एजेन्सी । अब अमेरिका जान चाहनेहरुले भिसा आवेदन गर्दा फेसबुक लगायत सामाजिक सञ्जालकाे विवरण बुझाउनुपर्ने भएकाे छ । अमेरिकाकाे विदेश मन्त्रालयले आफ्ना नागरिककाे सुरक्षाप्रति सुधारकाे कदमका रुपमा भन्दै भिसा नीतिमा परिवर्तन गरेकाे जनाएकाे छ । उसले जारी गरेकाे पछिल्लो भिसा नियमावलीमा आवेदकले प्रयाेग गरिरहेका सामाजिक सञ्जालको नाम तथा विवरण, ५ वर्षयताका इमेल ठेगाना र फोन नम्बर अनिवार्य बुझाउनुपर्ने व्यस्था लागू गरेकाे छ ।
भिसा अर्थात् प्रवेशाज्ञा पाउन आवेदन दिने लगभग सबैले नयाँ नियमानुसार अब सामाजिक सञ्जालसम्बन्धी आफ्ना विवरणहरू बुझाउनुपर्ने नीति लागू गरेसँगै वार्षिक रुपमा १४ दशमलब ७ मिलियन मानिस यसबाट प्रभावित हुने जनाइएकाे छ । तर कतिपय कुटनीतिक र सरकारी भिसा आवेदकका लागि भने याे नियम अनिवार्य हुनेछैन ।
गत वर्ष नै प्रस्ताव गरिएको यस्ताे व्यवस्था विशेषगरी अमेरिकामा काम गर्न, बसाेबास गर्न तथा पढ्नका लागि जानेहरुप्रति लक्षित छ । यसअघि पनि आतङ्कवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्थ्यो भने शंका लागेका पनि थप अनुसन्धानका लागि ती विवरण माग गरिन्थ्याे ।
अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘हामीले अमेरिकी नागरिकलाई संरक्षण गर्नका लागि हाम्रो अनुगमन संयन्त्रमा निरन्तर सुधार गर्दै आइरहेका छौं, यसले आधिकारिक रुपमा अमेरिका यात्राका लागि मद्धत पनि गर्नेछ ।’
यसरी विवरण बुझाउँदा कसैले आफूले सामाजिक सञ्जाल प्रयोग गर्ने कुराका बारेमा झूटाे विवरण पेश गरेमा वा बोलेमा गंभीर खालको अध्यागमन सम्बन्धी परिणाम भोग्नुपर्ने नियममा उल्लेख छ । यसका साथै सूचीमा नसमेटिएका अरू ठाउँमा रहेका खाताबारे पनि स्वेच्छिक रूपमा जानकारी गराउनुपर्ने हुन्छ ।
बिबिसीका अनुसार, ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा पहिलो पटक त्यस्ता नीतिबारे प्रस्ताव गरेको थियो । नागरिक अधिकारसम्बन्धी द अमेरिकन सिभिल लिबर्टिज युनियनले “सामाजिक सञ्जालसम्बन्धी यस्ता पर्यवेक्षण प्रभावकारी वा निष्पक्ष भएको कुनै प्रमाण नदेखिएको” जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस