काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि शपथ ग्रहण गरेका छन् । बिहीबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष समारोहकाबीच मोदीले भारतको १५ औं प्रधानमन्त्रीको शपथ लिएका हुन् ।
राष्ट्रपति भवनमा साँझ ७ बजे नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि राष्ट्रपति रामनाथ कोबिन्दमार्फत पद तथा गोपनियताको शपथ लिएका हुन् ।
यसअघि मोदीको शपथ ग्रहण कार्यक्रममा सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता गरिएको थियो । सार्कमा पाकिस्तान समेत सदस्य छ भने विमस्टेकमा पाकिस्तान सदस्य छैन ।
प्रधानमन्त्री मोदीपछि राजनाथ सिंहले पद तथा गोपनियताको शपथ लिए । उनी मन्त्रिपरिषदमा मोदीपछि दोस्रो बरियतामा हुनेछन् । यस्तै भाजपा अध्यक्ष अमित शाहले पनि मन्त्रीपदको शपथ लिएका छन् । सिंह उत्तर प्रदेश र अमित शाह गुजरातबाट विजयी भएका हुन् ।
यसबाहेक क्याबिनेट मन्त्रीका रुपमा नितिन गडकरी, सदानन्द गौडा, निर्मला सीतारमण, रामबिलास पासवान, नरेन्द्र सिंह तोमर, रविशंकर प्रसाद, हरसीमरत कौर बादल, थापर चन्द गहलोत, एस जयशंकर, रमेश पोखरियाल निक, अर्जुन मुन्डा, स्मृति इरानीले पनि शपथ लिएका छन् ।
दिल्लीस्थित चाँदनी चोकबाट विजयी भएका डा.हर्षबर्धन पनि मन्त्री बनेका छन् । यस्तै प्रकाश जावडेकर, पीयूष गोयल, धर्मेन्द्र प्रधान, मुख्तार अब्बास नकवी, प्रह्लाद जोशी, महेन्द्रनाथ पाण्डेयले पनि मन्त्री पदको शपथ लिएका छन् ।
मोदी मन्त्रिपरिषदमा ४८ जना मन्त्री रहनेछन् । सन् २०१४ देखि हालसम्म विदेशमन्त्रीको भूमिका निभाएकी भाजपाकी प्रभावशाली नेतृ सुष्मा स्वराज भने यो पटक मन्त्री बनिनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस