एजेन्सी । भारतका राष्ट्रपति रामनाथ कोविन्दले आइतबार ट्वीट गर्दै प्रधानमन्त्री र मन्त्रीहरूले ३० मेको साँझ सात बजे शपथ लिने उल्लेख गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी एनडीएको संसदीय दलको नेतामा चयन भएपछि उनी राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्न ३ सय ५३ सांसदको समर्थन पत्र लिएर पुगेका थिए ।
नरेन्द्र मोदी लगातार दोस्रोपटक प्रधानमन्त्री पदका लागि शपथ लिँदै छन् । सन् २०१४ मा मा पनि मोदी मन्त्रिमण्डलले राष्ट्रपति भवनमा नै शपथ लिएको थियो । मोदीको मन्त्रिमण्डलमा को को नयाँ सदस्य आउनेछन् भन्ने विषय सार्वजनिक भएको छैन । पहिलोपटक संसद् प्रवेश गर्नका लागि बीजेपीका अध्यक्ष अमित शाह पनि मन्त्रिमण्डलमा जान सक्ने भारतीय समाचार एजेन्सीले अनुमान लगाएका छन् ।
शनिबार संसद्को सेन्ट्रल हलमा एनडीएको बैठक भएको थियो । जसमा प्रधानमन्त्री मोदीलाई एनडीए संसदीय दलका नेतामा चुनिएको थियो । एनडीए संसदीय दलको नेता चुनिएपछि मोदी मञ्चमा पुगेर संविधानअघि नतमस्तक भएका थिए । त्यसपछि उनले एनडीएका सबै दललाई धन्यवाद दिए । उनले सबैलाई लिएर अगाडि बढ्ने बताए । उनले सबैका साथ सबैको विकाससँगै अब सबैको विश्वासको नारा अगाडि सारेका छन् ।
इमरान र मोदीबीच फोनवार्ता
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लोकसभा चुनावमा भारी बहुमतले जित हासिल गरेर पुनः सत्तामा आएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर बधाई दिएका छन् ।
प्रधानमन्त्री मोदीले इमरानसँग यो क्षेत्रको शान्ति र समृद्धिका लागि हिंसामुक्त र आतंकमुक्त माहोल आवश्यक रहेको बताए । फ्रेबुअरीमा पुलवामा भएको आत्मघाती आक्रमण पछि पहिलोपटक दुई देशका प्रधानमन्त्रीबीच फोन वार्ता भएको हो । पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलका अनुसार इमरानले मोदीसँग फोनबाट बधाई दिएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस