सोल – उत्तर र दक्षिण कोरियाका नेताहरूबीच आगामी महिना उच्चस्तरको सम्मेलन हुने भएको छ । उत्तर कोरिया भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्र«पतिका विशेष दूत र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्तापछि दुई कोरियाले अप्रिलमा सम्मेलन गर्न सहमति जनाएका हुन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका विशेष दूतका रूपमा सोमबार उत्तर कोरिया पुगेका राष्ट्रिय सुरक्षा सल्लाहकार युई योङले उत्तर कोरियाली नेता किम जोङ उनसँग सोमबार साँझ भेटवार्ता गरेका थिए । सो भेटवार्तालाई दुवै कोरियाले महत्वपूर्ण बताएका छन् ।
पछिल्लो समयमा दुई कोरियाबीच बढेको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पुर्याउने प्रयासस्वरूप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेष दूत उत्तर कोरिया पठाएका थिए । उत्तर र दक्षिण कोरियाबीच आगामी केही दिनमा वार्ताको वातावरण तयार पार्न विशेष दूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ ।
राष्ट्रपतिका विशेष दूत सोमबार उत्तर कोरियाली नेता किम जोङ उनद्वारा आयोजित रात्रिभोजमा पनि सहभागी भएको दक्षिण कोरियाका राष्ट्र«पतिका प्रवक्ता किम इयु क्योमले मंगलबार बिहान गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । उत्तर कोरिया पुगेका विशेष दूत नेतृत्वको भ्रमण दलले सोमबार उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेको थियो । भ्रमण दलमा दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखसहित दशजना सदस्य रहेका छन् ।
प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेता किमलाई भेट गरी पछिल्लो समयमा विकसित सम्बन्ध सुधारलाई निरन्तरता दिने विषयमा सहमति जनाएको दक्षिण कोरिया सरकारले जनाएको छ । करिब एक दशकपछि पहिलोपटक उत्तर कोरिया पुगेका उच्च तहका अधिकारी र किम जोङ उनबीच भएको सो वार्तामा दुई कोरियाबीच आगामी दिनमा गर्न लागेको भनिएको उच्चस्तरीय बैठकका बारेमा छलफल भएको थियो ।
उत्तर कोरियाली नेतासँग प्रतिनिधिमण्डलले आगामी उच्च बैठकका बारेमा छलफल भएको उत्तर कोरियाली समाचार समिति, केसिएनएले जनाएको छ । सो भ्रमण र भेटवार्ताहरू सकारात्मक रूपमा अघि बढेको सो समाचार संस्थाले जनाएको छ प्रतिनिधिमण्डललाई उत्तर कोरियाका नेताले स्वागत गरेका थिए ।
आगामी दिनमा यी दुई देशका उच्चस्तरीय अधिकारीबीचको बैठकका लागि सो वार्ता महत्वपूर्ण भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लुहाउसले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस