सोल-: तेइसौं शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी टोलीले दक्षिण कोरियाका उच्च अधिकारीसँग भेट गरेको छ। उत्तर कोरियाको सत्तारुढ दल वर्कर्स पार्टी अफ कोरियाको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोलको नेतृत्वमा रहेको उक्त उच्चस्तरीय टोलीले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटवार्ता गरेको हो।
उपाध्यक्ष किम आइतबार राति सम्पन्न शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन उत्तर कोरिया आइपुगेका हुन्। दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले सोमबार यो समाचार दिएका छन्।
दक्षिण कोरियाका राष्ट्रपति इनका राष्ट्रिय सुरक्षा सल्लाहकार चोङ यु योङले सोमबार उत्तर कोरियाली नेता किमको सम्मानमा दिवाभोज पनि आयोजना गरेका थिए। भोजका क्रममा उनीहरूबीच छोटो कुराकानी पनि भएको थियो। त्यस कुराकानी के विषयमा भएको थियो भन्ने बारेमा भने ती सञ्चारमाध्यमले केही बताएका छैनन्।
यस भ्रमण तथा भेटवार्ताले दुई देशबीचको सम्बन्ध आगामी दिनमा सुधार हुने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि उक्त खेलकुदको उद्घाटन समारोहमा उत्तर कोरियाका तर्फबाट किम यङ-नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया आएको थियो। नाम उत्तर कोरियाको संसद्का प्रमुख हुन्।
उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि सहभागी थिइन्। उनले दक्षिण कोरियाका राष्ट्रपतिलाई भेटेर आफ्ना दाजुका तर्फबाट उत्तर कोरियाको भ्रमणका लागि निमन्त्रणा पनि दिएका थिए। लामो समयपछि भएका यी उच्चस्तरीय भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।
उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको आलोचना हुने गरेको छ। यसै कारण पनि यी दुई देशबीचको सम्बन्ध पछिल्लो समयमा बिग्रिएको छ। उत्तरले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ। उता यसै खेलकुदका समयमा उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डलले अमेरिकी अधिकारीसँग पनि भेटवार्ता गर्न चाहेको समाचार पनि सोमबारै सार्वजनिक भएको छ। यसअघि उनीहरूबीच दक्षिण कोरियामा भेटवार्ता भने भएको थिएन।
शर्त कम गर्न सोलको आग्रह
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले अमेरिकाले उत्तर कोरियामाथि कम शर्त राख्न आग्रह गरेका छन्। धेरै शर्त राखेका कारण उत्तर कोरियासँग वार्ता भाँडिन सक्ने उनको भनाइ छ। निकै कम शर्त भए ऊ पनि छिटो वार्ता गर्न तयार हुने मुनको दाबी छ। राष्ट्रपति मुनले चीनका उपप्रधानमन्त्री लीयु याङडाङसँगको बैठकमा यस्तो धारणा राखेका छन्। आइतबार मात्र उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न चाहेको दक्षिण कोरियाली राष्ट्रपतिले खुलासा गरेका थिए।
उत्तरका अधिकारी प्योङचाङ शीतकालीन ओलम्पिक समापन समारोहमा सहभागी हुन दक्षिण कोरिया भ्रमणमा छन्। मुनले अमेरिका र उत्तर कोरियाबीच वार्ताका लागि चीनको सहयोग आवश्यक भएको बताएका थिए। चिनियाँ उपप्रधानमन्त्री लीयुले उक्त वार्तामा आफूले सहयोग गर्न तत्पर रहेको मुनलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
वार्ता सफल बनाउन उत्तर कोरियाले पनि परमाणु हतियार निर्माण गर्न र परीक्षण रोक्नुपर्ने मुनले माग गरे। उत्तर कोरियाले भने आत्मरक्षाका लागि यस्ता हतियार विकास गर्नुपरेको दाबी गर्दै आएको छ। उत्तर कोरियाले परमाणु हतियार निर्माण नरोकेसम्म उसमाथि प्रतिबन्ध लगाइराख्ने अमेरिकाले चेतावनी दिँदै आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस