सोल – उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न ‘निकै इच्छुक’ रहेको जनाएको दक्षिण कोरियाले आइतबार बताएको छ । दक्षिण कोरियाको राजधानी सोलमा रहेको राष्ट्रपतिको कार्यालय (ब्लु हाउस) का अनुसार उत्तर कोरियाबाट शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन आएको प्योङयाङको प्रतिनिधिमण्डलले आफ्नो मुलुक अमेरिकासँग वार्ता गर्न चाहेको वताएको हो ।
“दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको भेटका क्रममा उत्तर कोरियाको प्रतिनिधिमण्डलले दुई कोरियाली मुलुकबीच वार्ताका लागि सहमति जनाएको छ,” ब्लु हाउसले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
प्योङयाङका प्रतिनिधिले उक्त अवसरमा गरेको कुराकानीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “उत्तर कोरिया–अमेरिकाबीचको सम्बन्ध सुधार हुनुपर्नेमा समेत सहमत भएको छ ।
” उत्तर कोरियाले कुनै पूर्वशर्त बिना वार्ता गर्ने बिषयमा पटकपटक इच्छा व्यक्त गरेको बताइए पनि यसलाई वासिङ्टनले अस्वीकार गर्दै आएको छ । अमेरिकाले वार्तामा बस्नुपूर्व उत्तर कोरियालाई आणविकविहीन बनाउने बिषयमा ठोस कदम चालिनुपर्ने बताउँदै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस