सोल – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले हिउँदे ओलिम्पिक्सका क्रममा उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग उच्चस्तरीय वार्ता गर्ने योजना बनाए पनि अन्तिम समयमा उत्तर कोरियाली पक्षले वार्ता रद्द गरेको ह्वाइट हाउसले जनाएको छ।
दक्षिण कोरियाको राजधानी सोलमा हिउँदे ओलिम्पिक्सको समयमा उक्त वार्ता हुने ठानिएको थियो। अमेरिकी अधिकारीहरूका अनुसार पेन्सले प्योङयाङको प्रतिनिधिमण्डलको नेतृत्व गरेकी उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङसँग ओलिम्पिक्सको उद्घाटन समरोहको भोलिपल्ट कुराकानी गर्ने तय भएको थियो।
तर उत्तर कोरियाले पेन्सले प्योङयाङविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गरेको र उत्तरका भगौडाहरूलाई भेटेको भन्दै वार्ता रद्द गरिएको थियो |उक्त गोप्य वार्ता दक्षिण कोरियाली राष्ट्रपतिको निवास ब्लू हाउसमा गर्ने भनेर तय भएको थियो।
त्यही दिनै उत्तर कोरियाली नेताकी बहिनीले दक्षिण कोरियाली राष्ट्रपति मून जे इनलाई उत्तरको भ्रमणको निम्तो दिएकी थिइन्। कतिपय विश्लेषकहरूले उपराष्ट्रपति पेन्सले ओलिम्पिक्सले दिएको अवसर छोपेर उत्तर कोरियासँग वार्ता गर्ने मौका गुमाएको भन्दै आलोचना गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस