सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली समकक्षी मुन जे इनलाई आफ्नो देशको भ्रमणका लागि निमन्त्रणा दिएका छन्। किमले आफ्नी बहिनीमार्फत् मुनलाई उत्तर कोरियामा निम्त्याएका हुन्। किमले मुनलाई ‘सकेसम्म चाँडै’ प्योङयोङ भ्रमणको निम्ता दिएका हुन्।
राष्ट्रपति मुनले सो निमन्त्रणापछि ‘भविष्यमा आवश्यक तयारी गरेर यसलाई सफल पारौँ,’ भन्दै निमन्त्रणा स्वीकार गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसका प्रवक्ताले जनाएका छन्। यदि दुई नेताबीच भेट भए यो दुई कोरियाबीचको तेस्रो शिखर सम्मेलन हुनेछ।
शुक्रबार प्योङचाङ ओलम्पिकका लागि दक्षिण कोरिया पुगेकी किमकी बहिनी किम यो जोङले शनिबारको दिवाभोजसहितको वार्तामा मौखिक रुपमा आफ्नो दाजुको निमन्त्रणा मुनलाई दिएकी हुन्। सो अवसरमा उनले किमको पत्र पनि मुनलाई थमाएकी थिइन्। सो भेटवार्तामा उत्तर कोरियाली प्रतिनिधिमण्डलका चार सदस्य सामेल थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस