काठमाडौं – संयुक्त राष्ट्रसंघले अमेरिकाको प्रस्तावमा आफूमाथि थप नाकाबन्दी लगाएपछि उत्तर कोरियाले जापानलाई ‘डुबाइदिने’ र अमेरिकालाई ‘खरानी र अन्धकारमा बदलिदिने’ धम्की दिएको छ।
सो समितिले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई ‘दुष्टहरुको साधन’ भन्दै भंग गर्न पनि आह्वान गरेको छ। उत्तर कोरियाको अन्तर्राष्ट्रि सम्बन्ध हेर्ने प्योङयोङस्थित कोरिया एसिया–प्यासिफिक कमिटीले यस्तो धम्की दिएको हो।
‘चार ओटा द्वीप समूहलाई जुछेको आणविक बमले समुद्रमा डुबाइदिनुपर्छ। अब जापान हामीनजिकै अस्तित्वमा रहन आवश्यक छैन,’ समितिको भनाइलाई उत्तर कोरियाली समाचार संस्था केसिएनले उधृत गरेको छ। जुछे विचारधारा वर्तमान शासक किम जोङ उनका हजुरबुबा किम इल सुङले प्रतिपादन गरेको मार्क्सवाद र राष्ट्रवाद विचारधारा हो।
‘अमेरिकी भूमिलाई खरानी र अन्धकारमा बदलिदिऔँ। अहिलेसम्म तयार रहेका सबै माध्यम प्रयोग गरी हाम्रो उत्पीडनको बदला लिऔँ,’ समितिको वक्तव्यलाई रोयटर्सले उधृत गरेको छ।
सेप्टेम्बर ३ मा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको विरोधमा १५ सदस्यीय सुरक्षा परिषदबाट सो देशमाथि थप नाकाबन्दी लगाइएको थियो। उत्तर कोरियाले दोस्रो विश्वयुद्धमा जापानले कोरियालीहरुमाथि गरेको अपराधबारे माफी समेत नमागी ‘अमेरिकाको धुनमा नाचेको’ भन्दै कडा आलोचना गरेको छ।
उत्तरले दक्षिण कोरियालाई अमेरिकाको ‘द्रोही र कुकुर’ उपमा पनि दिएको छ। उत्तर कोरियाको यस्तो वक्तव्यको जापानले कटु आलोचना गरेको छ। बिहीबार जापानका चिफ क्याबिनेट सेक्रेटरी योसिहिदे सुगाले उत्तरको यस्तो अभिव्यक्ति अस्वीकार्य हुने बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस