सोल – सन् २०१७ को मे महीनामा दक्षिण कोरियाको औद्योगिक उत्पादनमा कमी आएको सरकारी प्रतिवेदनले देखाएको छ ।
सो अवधिमा उत्पादन मात्र नभई निजी उपभोगसमेत घटेको त्यहाँको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको हो । गत महीना कोरियाका सबै उद्योगको उत्पादन अघिल्लो महीनाको तुलनााम शून्य दशमलव ३ प्रतिशतले घटेको तथ्याङ्क छ । मेको उत्पादन कमी लगातार दोस्रो महीनाको हो ।
गत महीना औद्योगिक उत्पादनमा आएको कमीले निर्यातमा आएको सुधारलाई छायामा पारेको पनि बताइएको छ । पछिल्ला महीनामा निर्यातमा आएको सुधारका कारण म्यानुफ्याक्चरिङ क्षेत्र बढेको भए पनि सेवाक्षेत्रका कम्पनीमा भने उत्पादन सुस्ताएको छ ।
घरेलु माग कमजोर बनेका कारण पनि उत्पादन घटेको हुन सक्ने बताइएको छ । खानी तथा म्यानुफ्याक्चरिङ उद्योगको उत्पादन भने शून्य दशमलव २ प्रतिशतले बढेको पाइएको छ । विद्युतीय उपकरण तथा सेमिकण्डक्टरको माग बढेका कारण उत्पादन उकालो लागेको हुन सक्ने बताइएको छ ।
गत महीना विद्युतीय उपकरण र सेमिकण्डक्टरको उत्पादन क्रमशः ४ दशमलव ७ प्रतिशत र ९ दशमलव १ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । उता सेवाक्षेत्रको उत्पादनले भने शून्य दशमलव ३ प्रतिशतको कमी प्राप्त गरेको तथ्याङ्क छ । गत महीना निजी उपभोगको मापन गर्ने खुद्रा विक्री पनि अघिल्लो महीनाको तुलनामा शून्य दशमलव ९ प्रतिशतले घटेको छ । खुद्रा विक्रीमा आएको कमी गत जनवरीयताकै उच्च हो ।
सोही अवधिमा दूरसञ्चारका उपकरण र कम्प्युटरलगायत ड्युरेबल गुड्सको माग पनि १ दशमलव २ प्रतिशतले घटेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस