सोल- दक्षिण कोरियाको उपभोक्ता मूल्य बढेको एक सरकारी प्रतिवेदनले देखाएको छ । गत महीना कच्चा तेलको भाउमा भएको वृद्धिका कारण उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति अघिल्लो महीनाको तुलनामा १ दशमलव ९ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको हो ।
यन्ह्यप समाचार समितिले जनाए अनुसार अप्रिलमा तेलजन्य उत्पादनको भाउ ११ दशमलव ७ प्रतिशतले बढेको छ । यसले समग्र मुद्रास्फीति बढ्न शून्य दशमलव ४८ प्रतिशतको योगदान दिएको बताइन्छ । गत महीना ग्यास तथा डिजेलको भाउ क्रमशः साढे ९ प्रतिशत र १४ दशमलव १ प्रतिशतले बढेको पाइएको छ ।
त्यस्तै कृषिजन्य उत्पादनको भाउ साढे ४ प्रतिशतले बढेको थियो भने तरकारीको भाउमा ६ प्रतिशतको कमी आएको थियो । त्यस्तै सेवाक्षेत्रको भाउले पनि २ दशमलव २ प्रतिशतको वृद्धि हासिल गरेको थियो ।
कृषि तथा तेलजन्य उत्पादनको अस्थिर भाउ समावेश नभएको कोर उपभोक्ता मूल्य पनि १ दशमलव ३ प्रतिशतले बढेको तथ्याङ्क छ । गत महीना ताजा फलफूल तथा तरकारीको भाउ ४ दशमलव ७ प्रतिशतले बढेको भए पनि यो गतवर्षको अगष्टयताकै न्यून वृद्घि हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस