सोल-उत्तर कोरियाका एक जना उच्च सरकारी अधिकारीले अमेरिकाले कुनै सैनिक कारबाही गरे त्यसै दिनबाट पूर्ण रुपमा युद्धमा होमीन उनको देश तयार रहेको बताएका छन्।
बीबीसीका अनुसार उत्तर कोरियाका उप विदेशमन्त्री हान सोङ योलले अमेरिकाले आक्रमण गर्न लागेको सङ्केत पाउने वित्तिकै परमाणु हमला गर्ने चेतावनी दिए।
हानले प्योङयाङले साप्ताहिक, मासिक र वार्षिक रुपमा थप क्षेप्यास्त्रहरु परीक्षण गर्ने पनि जनाए।
यसअघि अमेरिकी उपरराष्ट्रपति माइक पेन्सले आफ्नो परामाणु कार्यक्रमलाई निरन्तरता दिएर अमेरिकी धैर्यको परीक्षा नलिन उत्तर कोरियालाई चेतावनी दिएका थिए।
उत्तर कोरिया र अमेरिका दुवै तर्फबाट कडा चेतावनी सहितका वक्तव्य आउन थालेपछि कोरियाली प्रायद्विपमा तनाव चुलिंदै गएको छ।
बीबीसीसँग उत्तर कोरियाली उपविदेशमन्त्री हानले भने, “यदी अमेरिकाले हामी विरुद्ध सैन्य आक्रमणको तयारी गर्यो भने उसले हमला गर्नुअघि नै हामी आफ्नै शैली र तरिकाले परमाणु आक्रमण गर्नेछौँ।”
अन्तराष्ट्रिय आलोचना तथा राष्ट्रसंघको प्रतिबन्धकाबीच हालैका वर्षहरुमा उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको छ।
उसले अमेरिका सहित विश्वका अन्य निशानामा पुग्ने खालको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रमा परमाणु वारहेड जडान गर्ने लक्ष्य लिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो अवस्था आउन नदिने भन्दै उत्तर कोरियालाई कुटनीतिक रुपमा एक्ल्याउन पहल गरिरहेका छन्।
उनले कोरियाली प्रायद्विपमा नौसेनाको एउटा आक्रमणकारी दस्ता परिचालन गरेका छन् र अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा क्षेप्यास्त्र विध्वंशात्मक प्रणाली तत्कालै स्थापना गर्ने तयारी अघि बढाएका छन्।
तनावका माझ उत्तर कोरियाले छिट्टै छैठौँ पटक परमाणु परीक्षण गर्नसक्ने पर्यवेक्षकहरुको धारणा छ।
आफ्ना संस्थापक नेताको जन्म दिवसको एक दिनपछि गएको आइतबार उसले गरेको एउटा क्षेप्यास्त्र परीक्षण विफल भएको थियो।
दक्षिण कोरियाका कार्यावाहक राष्ट्रपति ह्वाङ ग्यो हानसँगै पत्रकार सम्मेलनमा अमेरिकी उपरराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पको परीक्षा नलिन उत्तर कोरियालाई चेतावनी दिए।
उनले भने, “हालै विश्वले हाम्रा नयाँ राष्ट्रपतिले सिरिया र अफगानिस्तानमा चालेका कदमहरुको समार्थ्य देखेको छ। उत्तर कोरियाले हाम्रा राष्ट्रपतिको संकल्प र यस क्षेत्रमा रहेको अमेरिकी सैन्य बलको शक्तिलाई परीक्षण गर्ने नखोजोस।”
उनले अमेरिकाले ‘शत प्रतिशत’ दक्षिण कोरियालाई समर्थन गर्ने पनि बताए।
अमेरिकाले उत्तर कोरियाको मुख्य साझेदार चीनसँग मिलेर परमाणु कार्यक्रम र क्षेप्यास्त्र परीक्षण रोक्न प्योङयाङलाई बाध्य पार्ने नीति लिएको छ।
उपराष्ट्रपति पेन्सले चीनले आफ्नो प्रभाव प्रयोग गरी उत्तर कोरियामाथि दबाब बढाउने विश्वास ह्वाइट हाउसले लिएको धारणा राखेको एसोशिएटेड प्रेसले जनाएको छ। उत्तर कोरियाले अमेरिकी गतिविधिलाई उत्तेजक भन्दै आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस