सोल – दक्षिण कोरियाली स्मार्टफोन जाएन्ट सामसुङले प्याटेन्ट विवादमा झण्डै १२ करोड जरिवाना तिर्नुपर्ने भएको छ । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले सामसुङविरुद्ध हालेको मुद्दामा भएको फैसला अनुसार सामसुङले हुवावेको प्याटेन्ट अधिकार चोरी गरेको पुष्टि भएको हो ।
चीनको क्वान्झाउस्थित एक अदालतले हुवावेका विभिन्न स्मार्टफोन प्रविधि विना अनुमति नक्कल गरेर प्याटेन्ट अधिकारको हनन गरेको ठहर गरेको हो । अदालतले हुवाबेलाई सामसुङले ८ करोड चिनियाा युआन जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।
सामसुङले आफ्ना २० भन्दा बढि मोडेलका स्मार्टफोन तथा ट्याबलेटमा अनुमति विना आफ्नो प्रविधि नक्कल गरेर कम्तीमा १० वटा प्याटेन्ट अधिकारको हनन गरेको आरोप लगाउँदै हुवाबेले गत मे महिना यता चीनको सेन्झेन तथा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतहरुमा मुद्दा हालको थियो ।
त्यस्तै, सामसुङले पनि गत जुलाईमा हुवावेविरुद्ध विभिन्न ६ वटा प्याटेन्ट अधिकार हननको अभियोगमा मुद्दा हालेको थियो । साथै उसले हुवाबेसँगको विवाद सहज रुपमा समाधान गर्ने प्रयास गरिएको समेत बताएको थियो ।
पछिल्लो तथ्यांक अनुसार, सामसुङ विश्वको नम्बर एक स्मार्टफोन कम्पनी हो भने हुवाबे नम्बर तीन कम्पनी । एप्पल र सामसुङबीच लामो समयदेखि प्याटेन्ट विवाद सतहमा आइरहेकोमा अब यो विवादमा हुवाबे पनि मुछिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस