काठमाडौं – पछिल्लो हप्ता उत्तर कोरियाको एक रकेट इन्जिन परिक्षणपछि त्यहाँको सरकारी मिडियासँग जोडिएको प्रोपोगान्डा सार्वजनिक भइरहेको छ । अब उत्तर कोरियाका नेता किम जोंग–ऊनको उत्सवको तस्बिर सार्वजनिक भएको छ जसले अझै भ्रम फैलाइरहेको छ । यो विषयमा बीबीसीले अन्य जानकारी जम्मा गरेको छ ।
इन्जिन परिक्षण निकै सफल भएको जसका कारण रकेटको उद्योगमा उत्तर कोरियाका लागि यो ‘नयाँ जन्म’ जस्तै भएको भनी उत्तर कोरियाली नेता निकै दंगदास भएको दक्षिण कोरियाली समाचार एजेन्सीले दाबी गरिरहेको छ । निश्चित रुपमा किम जोंग–ऊन खुसी थिए । त्यहाँको सरकारी न्यूज एजेन्सी केसिएनएले तस्बिर पनि सार्वजनिक गरेको थियो ।
तस्बिरमा उनी टाढाबाट मिसाइल हेरिरहेका थिए । उनको अनुहारमा छुट्टै चमकसहितको मुस्कान छ । उनी नजिकै रहेका अधिकारीसँग हात मिलाइरहेको देख्न सकिन्छ । यसै तस्बिरमा एक अधवैंसे व्यक्ति उनको बुइ चढेको देख्न सकिन्छ । आखिर किमको बुइ चढ्ने यी व्यक्ति को हुन् र यसको कारण के हो त्यसबारे बीबीसीले छानबिन गरेको छ ।
पर्यवेक्षकका अनुसार ती रहस्यमयी व्यक्ति उत्तर कोरियाको राजनीतिमा कुनै परिचित अनुहार होइन । परमाणु परिक्षणमा ती व्यक्तिको महत्वपूर्ण भूमिका हुनसक्ने अनुमान गरिएको छ । सायद किमसँग उनको पहिले पनि कुराकानी हुने गरेको उनीहरुले अनुमान गरेका छन् ।
उत्तर कोरियाली पर्यवेक्षक मिशेल म्याडेनका अनुसार ती व्यक्तिको पोशाकमा जुन टाइटल छ, त्यसले उनी केपीए स्ट्र्याटिजिक फोर्समा मध्य र्याङ्कका अधिकारी भएको बताइएको छ । उनी मिसाइल फोर्सका इन्चार्ज हुन् ।
म्याडेन जोन हापकिंस युनिभर्सिटीमा अमेरिकी– कोरिया इन्स्टिच्युटसँग जोडिएको हुन् । उनी भन्छन्, ‘यद्यपी यो तस्बिर लगभग मंच–प्रायोजित लाग्छ । तर यो तस्बिर पूर्ण रुपमा बनावटी भने होइन । यो तस्बिर उत्साह बढाउने एक संकेतको रुपमा रहेको छ ।’
साथीत्व र उत्सवः
यो तस्बिरको मुख्य उद्देश्य देशमा किमको छवीलाई चम्काउनु हो । उनलाई मानिसहरुबिच निकै हँसिलो व्यक्तिको रुपमा देखाउने कोसिस गरिएको छ ।
सोलमा कोरिया युनिभर्सिटीका प्रोफेसर जाई–च्योंका अनुसार किम आफूलाई अन्तर्राष्ट्रिय स्तरमा हठी र सम्झौता स्विकार नगर्ने नेताको रुपमा पेश गर्छन् तर देशभित्र दोस्रो कहानी छ ।
उनले भने, ‘हामीलाई थाहा छ, उनी कति कडा छन् । जसले उनको आज्ञालाई मान्दैनन् ती व्यक्तिहरुप्रति उनी निकै कठोर छन् । दोस्रोतर्फ उनको प्रचार प्रसारमा अरु नै तस्बिर सार्वजनिक गरिन्छ । ’
म्यानका अनुसार किम आफ्ना पूर्ववर्तीहरुभन्दा यो विषयमा फरक छन् । उनका पूर्ववर्ती आफूलाई प्रेमभन्दा बढि डर पैदा गर्ने कुरामा विश्वास गर्दथे ।
उनले भने, ‘किम जोंग– उनले आफ्ना पिताको तुलनामा आफूलाई पारस्परिक आधारमा खुल्ला राख्ने कोसिस गरेका छन् । उनी आफ्नो नेतृत्वमा मानिसहरुको विश्वास पनि हाँसिल गर्न लालायित हुन्छन् । यदि उनले सुरक्षित महसुस नगरेको भए यो तस्बिर सार्वजनिक हुन दिँदैनथे ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस