काठमाडौं – उत्तर कोरियाका ४१ प्रतिशत मानिस कुपोषणको चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । उत्तर कोरियाका हरेक पाँचमा दुई जना कुपोषित रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
उत्तर कोरियाका ७० प्रतिशत मानिस खाद्यान्नका लागि सहयताको भरमा रहेको राष्ट्रसंघले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ । उत्तर कोरियाका धेरै नागरिक आधारभुत स्वास्थ्य सेवा र सरसफाइ सुविधाबाट पर रहेको राष्ट्रसंघले जनाएको छ । यस्तै बालमृत्युदर पनि उच्च रहेको छ । पाँच वर्षमुनिका बालबालिकाको ज्यान जानुको मुख्य कारण छाडापखाला र निमोनिया रहेको छ ।
उत्तर कोरियाको जनसंख्या झण्डै दुई करोड ५० रहेकोमा एक करोड ८० लाख मानिस भोकमरिको चपेटामा परेका छन् । त्यसमध्ये एक करोड पाँच लाख मानिस कुपोषित रहेको राष्ट्रसंघले जनाएको छ । उत्तर कोरियामा सरकारी फर्ममा खेती हुने गरेको छ र त्यसमा सरकारकै नियन्त्रण रहन्छ ।
हरेक वर्ष लाखौं मानिस भोकमरीको चपेटामा पर्ने गरेका छन् । सन् १९९० को दशकको व्यापक भोकमरीका कारण लाखौं मानिसको ज्यान गएको थियो । मानवीय सहायताका कारण अहिले अवस्था केही सुधार भएपनि समस्या बिकराल नै रहेको राष्ट्रसंघको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस