काठमाडौं – सात मुश्लिम देशमाथि लगाइएको आप्रवासी प्रतिबन्धको आदेश दिएर लगातार आलोचनाको घेरामा परिरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अब यो निर्णयबाट पछि हटिरहेको देख्न सकिन्छ । डोनल्ड ट्रम्पको प्रशासनले अदालतमा आफ्नो जवाफ दिँदै आप्रवासी प्रतिबन्ध चाँडै नै फिर्ता लिइने भएकाले यस विषयमा कुनै पनि समिक्षा प्यानलको आवश्यकता नभएको बताएको छ ।
ह्वाइट हाउसले यस विषयमा नयाँ आदेश अर्को हप्ता जारी गर्ने बताएको छ । डोनल्ड ट्रम्पले गत जनवरी २७ तारिखमा ७ मुश्लिम देशका मानिसहरुमाथि आप्रवासी प्रतिबन्ध लगाएको थियो जसपश्चात् अमेरिकाको थुप्रै राज्यमा यो निर्णयको विरोध गरियो ।
मिडिया रिपोर्टका अनुसार अदालतमा डोनल्ड ट्रम्पको उद्देश्य सुरक्षा हो, कुनै निर्णयको विषयमा लामो प्रक्रियामा फस्नु होइन भनी ह्वाइट हाउसले दाबी गरेको छ । स्मरण रहोस्, पछिल्लो हप्ता तीन न्यायाधिसको एक बेन्चले तल्लो अदालतको निर्णय खारेज गर्न अस्विकार गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस