सोल-नेपाली बिद्यार्थी समाज दक्षिण कोरियाले बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।
मेंगदोंगस्थित ग्लोबल कल्चर सेण्टरमा आइतबार आयोजित कार्यक्रममा संस्थाले नेपाली खानाको परिकार पनि समाबेश गरेको थियो।
नेपाली मौलिक संस्कृति र संगीत प्रस्तुत गरिएको कार्यक्रममा बिद्यार्थीहरुले प्रस्तुति मार्फ़त मनोरन्जन प्रदान गरेका थिए।
कार्यक्रमलाई सुभकामना दिदै नेपाली दूतावासको कार्यबाहक राजदूत किरण शाक्यले बहुसंख्यक संस्कृति र बिबिधताले नेपालीहरु धनि रहेको बताए।
कार्यक्रममा निर्जला कोइरालाले एकल नृत्य प्रस्तुत गरिन् भने अनिशा ढकाल र करुणा रिजालको जोड़ीको साथै सुजता बस्नेत र प्रकाशराज पाण्डेयको जोड़ीले युगल नृत्य देखाए।
मनोरन्जन चरणमा सुजता बस्नेतले डाली डालीमा बोलको गीत गाएर सबैको मन जितिन भने प्रकाश राज पाण्डेय र टंकिंग बास्तोलाले मिक्स्ड नेपाली गीत गाए।
त्यस्तै तुल्सी पौडेल,ठाकुर ढकाल ,बलदेव भट्टराई,दिवस भण्डारी र आशीष पोखरेलले नेपथ्यको गीत मार्फ़त मनोरन्जन गराए।
नेपाली पहिरनहरुको शो समेत गरिएको कार्यक्रममा रमाकान्त लामिछाने, टंकिग बास्तोला र राजू गुरुङ्गले नृत्य पस्किए।
नेपाली कला,संस्कृति र परम्पराको प्रवर्धन गरि बिदेसमा नेपाली मौलिकता देखाउन लागेको बताउदै सोनसिक सभापति इन्दिराले सहयोगी सबै प्रति आभार प्रकट गरिन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस