पर्सा- वीरगन्जका होटल तथा पर्यटन व्यवसायीले लम्बिँदै गएको निषेधाज्ञाका कारण होटल व्यवसाय नै संकटमा परेको गुनासो गरेका छन् । उनीहरूको गत सातादेखि बजार र सवारी साधन आधाजसो खुला भइसकेको अवस्थामा होटल व्यवसायलाई मात्रै बन्द राख्न नहुने माग छ ।
वीरगन्जका पुराना होटल व्यवसायी पशुपतिविक्रम शाह सरकारले आन्तरिक तथा बाह्य उडान असार १७ देखि सुचारु गर्ने घोषणा गरिसकेको र यातायातसमेत आंशिक रूपमा सुचारु गरिसकेको अवस्थामा होटल व्यवसायलाई सधैं बन्द राख्नुको औचित्य नभएको बताउँछन् ।
उनले भने, “सरकारले केन्द्रीय स्तरबाटै सवारीसाधन तथा विमान सेवा सुचारु गर्न लागेकामा अब जिल्लाहरूमा होटल तथा पर्यटन व्यवसायलाई ठप्प राख्नु हुँदैन । विस्तारै यो क्षेत्रलाई खुला गरेर थलिएको होटल तथा पर्यटन व्यवसायलाई जुर्मुराउन दिनुपर्छ ।”
त्यस्तै, गत वर्ष पनि लामो लकडाउन र यस वर्ष लम्बिँदै गएको निषेधाज्ञाले अब आफूहरू लामो समयसम्म होटल व्यवसायलाई धान्न नसक्ने अवस्थामा पुगिसकेको अर्का होटल व्यवसायी शेखर चौधरीले बताएका छन् । उनले भने, “लकडाउन र निषेधाज्ञा मात्रै समाधानको बाटो होइन । यसरी लामो समय होटल व्यवसाय धान्न नसक्ने अवस्थामा पुगेको छौं, बरु हाम्रो होटलको साँचो सरकारलाई नै बुझाउने तयारीमा छौं ।”
यसैबीच होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले शुक्रबार प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र होटल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरेको छ । संघका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा २०७६ चैतदेखि पटकपटक बन्दाबन्दी र निषेधाज्ञाले गर्दा होटल तथा पर्यटन व्यवसाय थलिएको उल्लेख छ । पटकपटकको बन्दाबन्दी, कर्फ्यु, निषेधाज्ञा तथा भारतसँगको सीमा बन्दका कारण थलिएका होटल व्यवसायीहरू भौतिक पूर्वाधारमा भएका ऋणको ब्याज, किस्ता, होटलहरूको घरभाडासमेत तिर्न नसक्ने अवस्था पुगेको संघले जनाएको छ ।
स्वास्थ्य प्रोटोकल पूरा गरी होटल तथा पर्यटन व्यवसाय यथाशीघ्र सञ्चालन गर्ने वातावरण बनाइदिन होटल व्यवसायीले प्रजिअ घिमिरेसँग माग गरे ।
प्रजिअ घिमिरेले ज्ञापन पत्र बुझ्दै होटल व्यवसायीको माग जायज रहेको बताएका छन् । तर, आफूले चाहँदैमा मात्र होटल तथा यातायात क्षेत्र खोल्न नसक्ने उनको भनाइ थियो । उनले यी क्षेत्र खोल्नेबारे मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताए । तर अब डीसीएमसीको बैठकमा आफूले होटल व्यवसायीको मागको सम्बन्धमा गम्भीर रूपमा छलफल गर्ने र विकल्पबारे पनि गृहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस