काठमाडौँ – आइतबार मौसम अनुकूल भएपछि एक सय ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । मौसममा खराबी आएपछि क्याम्प टुमा रोकिएका आरोहीले एकैदिन सगरमाथा आरोहण गरेको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।
हङकङका ४६ वर्षीया हिसाङ यिन हुङले पनि आइतबार सगरमाथाको सफल आरोहण गरेकी छिन् । स्पिड आरोहणको उद्देश्य सहित शनिबार दिउँसो १ः३० बजे आधार शिविरबाट उकालो लागेको हिसाङको टोली आइतबार दिउँसो ३:१२ बजे सगरमाथाको चुचुरोमा पुगेको सम्पर्क अधिकृत सोनाम शेर्पाले बताइन् । ड्रमर्स डेस्टिनेसन ट्रेक एन्ड एक्स्पिडिसन मार्फत उनीहरूले २४ घन्टा ५० मिनेटमा सगरमाथा सफल आरोहण गरेका हुन् ।
मौसम अनुकूल भएसँगै एक विदेशी नागरिकसहित दुईजना नेपाली आरोहीले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । एक जापानिज नागरिक, सोलुखुम्बु सोताङका दावा शेर्पा र भोजपुरका छिरिङ शेर्पाले आइतबार बिहान करिब ९ बजे सफल आरोहण गरेको सम्पर्क अधिकृत शेर्पाले जानकारी दिए । उनीहरू सोमबार सगरमाथाको क्याम्प ४ मा फर्किएर आठ हजार पाँच सय १६ मिटरको लोत्से हिमाल आरोहण गर्ने तयारीमा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस