दोलखा – बृन्दावनदेखि साहित्यिक पार्कसम्म प्रधानमन्त्री रोगजगार कार्यक्रमअन्तर्गतको रु २० लाख ६८ हजार खर्च गरी भीमेश्वर नगरपालिकाले जिलु क्षेत्रमा हाइकिङ रुट निर्माण गरेको छ ।
बृन्दावनबाट गौरीशङ्कर हिमाल, तामाकोशी नदी, शैलुङ र हनुमन्तेका भीमकाय पहाडको मनमोहक दृश्य अवलोकन गर्दै साहित्यक पार्कसम्म यात्रा गर्न सो पदमार्ग निर्माण गरिएको हो । सदरमुकाम चरीकोटबाट एक किलोमिटरको दूरीमा पर्ने सो पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रातः भ्रमण गर्ने उपयुक्त गन्तव्य बनेको छ । उक्त पदमार्ग निर्माणले यहाँका नागरिकको आर्थिक अवस्थामा मजबुत बन्नसक्ने अनुमान गरिएको छ ।
नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा आएको रु ५१ लाख ७० हजारमध्ये रु २० लाख ६८ हजार लगानी गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष हरिवंश चौलागाईले बताएका छन् ।
पदमार्ग निर्माणले पर्यटक भित्र्याइ स्थानीयलाई रोजगार सिर्जना गर्ने उद्देश्य रहेको नगरपालिकाका रोजगार संयोजक डम्बर ओलीले जानकारी दिए । “आन्तरिक पर्यटन भित्र्याउन नगरपालिकाको अगुवाइमा सिँढी बनाउने काम गरिरहेका छौँ”, मजदूर तिलक सापकोटाले भने, “२०/२० जनाको समूह बनाई महिला पुरुष दुवैले समान ज्याला लिने गरी समान काम गिर रहेका छौँ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस