दमौली – कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलमार्फत पर्यटकीयस्थलको प्रवद्र्धन गर्न गाउँपालिकाले आगामी पुस २७ गते ‘ऋषिङ म्याराथन’ को आयोजना गर्न लागेको हो ।
शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले दौड प्रतियोगिताबारे जानकारी गराएको छ । खुल्ला, स्थानीय र महिला गरी तीनवटा दौड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । खुल्लातर्फ प्रथमलाई रु ६५ हजार, दोस्रो हुनेलाई रु ४० हजार र तेस्रोलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै सान्त्वना हुने तीनजनालाई रु १० हजारका दरले पुरस्कार वितरण गरिने श्रेष्ठले बताए ।
खुल्ला दौड ऋषिङ गाउँपालिका–८ वा अवस्थित दबुङकोट भ्युटावरसम्मको ४० किमी दूरीमा हुनेछ । ऋषिङ्गे राजाको दरबार रहेको गढीडाँडाबाट शुरु हुने प्रतियोगिता ऋषिङ्गे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काख हुँदै गाउँपालिकाको कार्यालय, गोठादी, ढुङ्गागाडे, चालिसे, थप्रेक, रमुङ, भिरकोट, बगैँचा, तल्लो भिरकोट हुँदै सानो भिरकोटमा रहेको भिरकोट राजाको भग्नावशेषका रुपमा भिरकोटकोटसम्म पुग्नेछ ।
स्थानीय दौड ऋषिङ गाउँपालिका–८ मा अवस्थित ऐतिहासिक एवं पर्यटकीयस्थल गढीकोटबाट ऋषिङ गाउँपालिका–६ मा अवस्थित ज्यामिरे माई मन्दिरसम्म १० किमी दूरीको हुनेछ । उक्त दौडमा प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार र तेस्रो हुनेलाई पाँच हजार प्रदान गरिनेछ ।
महिला दौड ऋषिङ–८ गढीकोटदेखि ऋषिङ–७ मा अवस्थित दुर्गा भवानी मन्दिरसम्म चार किमी दूरीको हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु आठ हजार र तेस्रो हुनेलाई रु पाँच हजार प्रदान रिनेछ ।
दौड प्रतियोगिताकै अवसर पारेर ऋषिङ–८ मा अवस्थित ऐतिहासिक एवं पर्यटकयस्थल गढीकोटमा निर्माण हुन लागेको दृश्यावलोकन स्तम्भको शिलान्यास गरिने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए । साथै दौड सम्पन्न हुने स्थान ऋषिङ–३ मा निर्माणसम्पन्न भएको दबुङ दृश्यावलोकन स्तम्भको उद्घाटन गरिनेछ । “ऋषिङ ऐतिहासिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान हो, प्रतियोगिताको उद्देश्य भनेको त्यस्ता स्थलको प्रचारप्रसार गर्नु हो”, उनले भने, “ओझेलमा परेका त्यस्ता ठाउँको पहिचानका लागि दौडले सहयोग पुग्नेमा विश्वस्त छौँ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस