काठमाडौँ- कोभिडि–१९ महामारीले शिथिल पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो पर्वतारोहण महामारीबीच जुर्मुराउँदैछ । विदेशी विशिष्ठ पाहुना आरोहीको सुखद् आरोहणले नेपालको पर्यटन बजारमा सकारात्मक सञ्चार छाएको छ ।
अहिले हिमाल आरोहणले पर्यटन क्षेत्र चलायमान भएर पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव भएको छ । कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्ला ६ हजार ८१४ मिटर अमादब्लम हिमाल आरोहण गर्न १४ सदस्यीय टोलीसहित आमादब्लम आधार शिविर पुग्नुभएको छ । टोलीमा ६ आरोही छन् । यस्तै ६ जना समूहको एक नेपाली टोलीले बरुत्से हिमाल आरोहण गरेको छ । ६ हजार १५१ मीटरको ग्लाल्जेन पीक र सात हजार १२६ मिटर उचाइको हिमलुङ हिमाल आरोहण गर्न दुई समूहले अनुमति लिएका छन् ।
यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किसकेको छ । विभागको पछिल्लो विवरणअनुसार शरद यामको आरोहण गर्न सात आरोही दललाई अनुमति दिइएको छ । आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२ रोयल्टी उठेको छ । यो याममा आरोहण अनुमति लिएकामा मनास्लुमा दुई, अमादब्लम दुई तथा बरुत्सेमा एक, ग्याल्जेनमा एक र हिम्लुङमा दुई आरोही टोली छन् । आरोही नोभेम्बर महिनाभर आउने भएकाले शरद याममा १० देखि १२ समूूह पुग्ने विभागको अनुमान छ ।
विभागले पछिल्लोपटक हिमाल आरोहणलाई ४३ जनाको ‘अन अराइभल भिसा’ स्वीकृतिका लागि अध्यागमन विभागलाई सिफारिस गरेको छ । विभिन्न छ हिमाल आरोहणलाई चासो देखाएका विभिन्न देशका नागरिकका लागि विभागलाई सिफारिस गरिएको निर्देशक नीरा आचार्यले बताउनुभयो । त्यसमा भारत, अमेरिका, बेलायत, क्यानडा, यूएई, रसिया, पोल्यान्ड, युक्रेनलगायतका नागरिक छन् । उनीहरु सात दिन होटल क्वारेन्टिनमा बसेर पिसिआर परीक्षण नेगेटिभ आएपछि आरोहणमा जान पाउँछन् ।
महामारीमा स्वदेशी, विदेशीको आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने विभागको पर्वतारोहण शाखा प्रमुख निर्देशक आचार्यले बताउनुभयो । यी आरोहणले आगामी वसन्त यामको आरोहणलाई आधार तयार भएको छ । निर्देशक आचार्यले भन्नुभयो, “अहिले विदेशी विशिष्ट पाहुनाको आरोहण भनेर जसरी सञ्चार माध्यममा आएको छ तर विभागलाई विदेशी मात्र हैन स्वदेशी आरोहीको आरोहण अझ महत्वपूर्ण र सन्देशमूलक छ, विभागले आरोहण अनुमति दिँदा विदेशी पाहुनालाई विशेष अनुमति भन्ने हुदैन, अन्य आरोही सरह अनुमति दिन्छौँ ।”
गत वर्षको शरद याममा एक हजार २१० विदेशी हिमाल आरोहणलाई आएका थिए । सन् २०१९ मा दुई हजार २०० विदेशी आरोहण गर्न आएको बताइएको छ । सरकारले ट्रेकिङ तथा हिमाल आरोहण खुला गरेपछि भएका उच्चस्तरीय पर्यटक आगमनले कोरोनामा पनि विदेशमा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले उच्चपदस्थ विदेशीसहितको हिमाल आरोहणले नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वजगतलाई प्रवाह गर्न सहयोग पुगेको बताउनुभएको थियो । उहाँले छिट्टै नेपालको पर्यटन पुरानै लयमा फर्कर क्रमशः आर्थिक गतिविधि बढ्ने बताउनुभयो । सरकारले पनि पर्यटनका सबै क्षेत्र खुलाउने तयारी गरेको छ ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव कुलबहादुर गुरुङले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधिलाई चलायमान बनाउनुको विकल्प नरहेको बताउनुभयो । टानका अध्यक्ष खुमबहादुर सुवेदीले पदयात्रा पर्यटनको अनुकूल याम भएकाले केही भए पनि पर्यटक आउन थालेकोले यो क्षेत्रलाई उत्साहित बनाएको बताउनुभयो । नेपालमा सगरमाथासहित विभिन्न उचाइका तीन हजार ३१० हिमाल छन् । सरकारले हालसम्म ४१४ हिमाल आरोहणलाई खुला गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस