बाग्लुङ्ग – बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशस्थित माहुरी झरनाको प्रवद्र्धन गर्न थालिएको छ । आकर्षक उक्त झरना पहाडको खोंचमा रहेकाले ओझेलमा पर्दै आएको थियो ।
बागलुङमा पछिल्लो समय पर्यटन गतिविधि ह्वात्तै बढेपछि नयाँ पर्यटकीय गन्तव्यसमेत पहिचान गर्ने क्रममा अन्यन्तै मनमोहक माहुरी झरनामा पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिइएको छ । लेखानी र रेशको बीचमा रहेको रेश खोलास्थित माहुरी झरनामा पुग्नका लागि पदमार्ग नभएका कारण समस्या भएकाले स्थानीयवासीको सक्रियतामा अहिले व्यवस्थित पदमार्ग निर्माणलाई जोड दिइएको छ ।
गत वर्ष गण्डकी प्रदेश सरकारको रु. ११ लाखबाट झरनामा पुग्नलाई गैराघरदेखि नेटासम्म ३०० मिटर पदमार्ग निर्माण गरिएको थियो । त्यतिले पर्याप्त नभएका कारण अहिले स्थानीयवासीले जनश्रमदानमार्फत पदमार्ग निर्माण गरिरहेको माहुरी झरना प्रबद्र्धनमा लाग्नुभएका स्थानीयवासी हरि कँुंवरले जानकारी दिए । जनश्रमदानबाट अहिले २०० मिटरभन्दा बढी पदमार्ग बनाइएको र आगामी दिनमा थप एक सय मिटर बढाइने कुँवरको भनाइ छ । “अत्यन्तै सम्भावना रहेको उक्त झरनालाई अहिले आएर बल्ल प्रचारप्रसार गर्न थालिएको छ”, कुँवरले भने, “अन्य सामान्य झरनालाई मिडियामा देखेपछि यहाँको झरनलाई विकास गरी पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका साथ लागिपरेका छौंँ ।”
करीब २०० मिटर अग्लो छहरा भीरमाहुरी रहने पहाडमा भएकाले यसको नामकरणसमेत माहुरी झरना गरिँदै आएको स्थानीयवासीले बताएका छन् । उक्त झरनाको प्रचारप्रसार गर्न थालिएपछि आन्तरिक पर्यटकसमेत आउन थालेका छन् । अहिले दैनिक करीब ५० आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने भएपनि झरनामा पुग्ने व्यवस्थित पदमार्ग नहुँदा समस्या भएको छ । झरनामा पुग्नका लागि अझै २०० मिटर पदमार्ग आवश्यक पर्ने हुन्छ ।
माहुरी झरना काठेखोला गाउँपालिकाकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने गरी योजना बनाइएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । झरना हिउँदमा समेत नसुक्ने भएकाले यसलाई पर्यटकीय क्षेत्रका हिसाबले यहाँ पदमार्ग, रेलिङ, प्रतीक्षालय र तारबार निर्माण गर्ने लामिछानेले बताए ।
अहिले जनश्रमदानबाट माहुरी झरना सामुदायिक घरबास, मौवाघारी सामुदायिक वन, सगरमाथा युवा क्लब र महिला समूह मिलेर श्रमदानमा पदमार्ग निर्माण भइरहेको छ । गाउँपालिकाको केन्द्रबाट उक्त झरना आधा घण्टाको दूरीमा पुग्न सकिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस