सुर्खेत-नेपाल भ्रमण वर्ष-२०२० लाई सहयोग पुर्याउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिले बसमा स्टिकर टाँस्न थालेको हो। कर्णालीका १० वटै जिल्लाका प्रमुख पर्यटकीयस्थलहरुको तस्वीरसहितको स्टिकर प्रकाशन गरिएको छ। स्टिकरमा पर्यटकीयस्थलका साथै नेपाल भ्रमण वर्ष-२०२० तथा प्रदेश सरकारको ‘यसपालि घुमौँ कर्णाली’ नारासहितको लोगो पनि समावेश गरिएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले कर्णाली प्रदेशका मुख्य गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले स्टिकर प्रकाशन गरिएको जानकारी दिएका छन्। सो प्रालिले पहिलोपटक स्टिकर टाँस्ने कार्यको शुरुआत गरेकामा सचिव डा आचार्यले प्रशंसा व्यक्त गरेका छन्। आचार्यले कर्णालीको समग्र पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण भइसकेकाले योजनाबद्ध विकासमा ध्यान दिनुपर्ने बताए। “पर्यटन क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवर्दनमा निजी क्षेत्र, यातायात व्यवसायीको योगदान महत्वपूर्ण हुन्छ”।“पर्यटन प्रवद्र्धनका क्रियाकलापबाट बढी फाइदा निजी क्षेत्रले पाउने हुँदा यसका लागि सरकारभन्दा बढी अग्रसर निजी क्षेत्र बन्नुपर्दछ, प्रदेश सरकार सहयोगी बन्न तयार छ।” , आचार्यले भने।
काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले पहिलो चरणमा सुर्खेत-काठमाडौँ, जाजरकोट-काठमाडौँका लागि ल्याइएका ८ वटा नयाँ रात्रिबस र सुर्खेतबाट कर्णालीका पहाडी सडकमा सञ्चालन हुने २० वटा गाडीमा पर्यटकीय सूचनासहितका स्टिकर टाँसिएको जानकारी दिए। शुरुआतमा प्रालिकै खर्चमा स्टिकर प्रकाशन गरेको र आगामी दिनमा प्रदेश सरकारले नै स्टिकर उपलब्ध गराउने आचार्यले जानकारी दिए।
स्टिकरमा राराताल, देउती बज्यै मन्दिर, बुलबुले, काँक्रेविहार, जाजरकोट दरबार, त्रिपुरासुन्दरी मन्दिर, छत्रेश्वरी मन्दिर, शेफोक्सेन्डो, पञ्चकोशी ज्वालालगायतका स्थलका तस्वीर छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस