चितवन – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले कार -याली आयोजना गर्ने भएको छ । महानगरको पर्यटन प्रवद्र्धन गर्ने ध्येयले यही फागुन १० गते ‘भरतपुर–लुम्बिनी कार -याली’ आयोजना हुन लागेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चितवन घुम्न जाउँ भन्ने सन्देश दिन -याली आयोजना गर्न लागिएको महानगर प्रमुख रेनु दाहालले बताएका छन् । बुटवल र भरतपुर नगरको पर्यटन प्रवद्र्धन गर्न कार्यक्रम प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताएका छन् । -यालीमा १५० कार सहभागी हुने अपेक्षा गरिएको छ ।
पर्यटकीय गन्तव्य प्रचार गर्न खोजिएको पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले जानकारी दिए । भरतपुर महानगरभित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक, नारायणी नदीबीच मोडेल तथा चौकीडाँडा महानगरको प्रमुख सात केन्द्र रहेका छन् ।
सङ्घीय सरकारको १०० गन्तव्यमा सूचीकृत बीसहजारी ताल, पटिहानी तथा वाग्मती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्यमध्ये सूचीकृत मेघौली पनि महानगर भित्रै पर्दछ । महानगरले पर्यटन प्रवद्र्धका लागि चालु आर्थिक वर्षमा ३२ वटा क्रियाकलाप गर्ने योजना बनाएका मध्ये हालसम्म १० वटा कार्यक्रम सम्पन्न भइसकेका छन् । भ्रमण वर्षलाई लक्षित गर्दै महानगर भित्र रहेका पर्यटकीय होटलमा विशेष छुटको कार्यक्रम समेत शुरु गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस