बाजुरा – जिल्लाको बूढीगङ्गा नगरपालिका–४ कोटमा अवस्थित भग्नावशेषका रुपमा रहेको बार्जुकोट दरबारलाई सङ्ग्रहालय बनाइने भएको छ । नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले नगरपालिका क्षेत्रको ऐतिहासिक तथा पुरातत्वका रुपमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन तथा संरक्षण गरिने बताए ।
शुक्रबार बार्जुकोट दरबारमा सुदूर साहित्य प्रतिष्ठान बाजुरा शाखाले आयोजना गरिएको गलज गुञ्जन कार्यक्रममा नगर प्रमुख शाहले दरबार क्षेत्रमा विभिन्न अलौकिक वस्तुको जगेर्ना गर्दै उक्त सङ्ग्रहालय बनाउन आवश्यक रहेको औल्याएका छन्।
नगर क्षेत्रभित्रका दशवटै वडामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावनालाई प्रवद्र्धन तथा प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि सङ्ग्रहालयका रुपमा स्थापना गर्न जरुरी रहेको नगर प्रमुख शाहको भनाइ छ ।
नगरपालिकाका बाजुकोट दरबार र कुँडीकोट दरबारलाई सङ्ग्रहालयका रुपमा स्थापित गर्दै ती क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने उनको जोड थियो । पुरातात्विक सम्पदाका रुपमा दरबार रहेकाले संरक्षणको जिम्मेवारी नगरपालिकाको रहेको शाहले बताए ।
बार्जुकोट दरबार राज्यको भन्दा पनि कुनै एक व्यक्तिका नाममा रहेकाले सो क्षेत्रमा संरचना बनाउनका लागि व्यक्तिसँग अनुमति लिएर मात्र निर्माण गर्नुपर्ने बाध्यता छ । बाइसे चौबिसे राज्य हुँदा बार्जुकोट दरबारका राजाले राज्य सञ्चालन गरेको किंवदन्ती रहेकाले सो जग्गा राज्यको नाममा नरहेको पाइएको छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा रहेका सम्पदाको उजागर गर्न नगरपालिका तयार रहेको प्रमुख प्रशासकीय अधिकृत तिलक थापाको भनाइ छ । कला साहित्यको संरक्षण तथा सम्वद्र्धन गर्न नगरपालिकाले साहित्य सङ्ग्रह प्रकाशन गर्ने भएको छ । नगर क्षेत्रका साहित्यकारका रचनालाई परिस्कृत गरेर उनीहरुका गजल, मुक्तकलगायतका प्रकाशन गर्ने र सङ्ग्रहका रुपमा राखिने भएको छ । हरेक वर्ष हुने प्रयण दिवसका अवसरमा वा प्रत्येक महिनामा नगर क्षेत्रभित्र कथा, कविता, गजल, मुक्तकलगायतका साहित्य कार्यक्रम गरिँदै आएको छ ।
बूढीगङ्गा नगरपालिका–४ कोटमा रहेको बार्जुकोट दरबारमा गजल गुञ्जन कार्यक्रम सञ्चालन गरिएको छ । दरबारको ऐतिहासिक प्रचारप्रसार गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने गरी सुदूर साहित्य प्रतिष्ठान बाजुराले उक्त ठाउँमा गजल गुञ्जनको आयोजना गरेको सुदूर साहित्य प्रतिष्ठान बाजुराका अध्यक्ष हर्कबहादुर खडायतले बताएका छन् ।
स्रष्टाको सम्मान बार्जुकोट दरबारको पहिचानसहित उक्त कार्यक्रम गरिएको अध्यक्ष खडायतले बताए । नगरपालिकाको संयोजन र प्रतिष्ठानको आयोजनामा जिल्लाका एक दर्जन साहित्यकारले आफ्ना रचना प्रस्तुत गरेका थिए ।
अधिकांश गजलकारले देशमा भएका व्यथितिको अन्त्य र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रचारप्रसार गर्नुपर्ने सन्देश सहितका गजल प्रस्तुत गरेको प्रतिष्ठान बाजुराका सचिव कृष्ण ओलीले जानकारी दिए। उनका अनुसार बार्जुकोट दरबारमा महेश जोशी, प्रमिला थापा, नरेन्द्र थापा, मीनप्रसाद जैशीलगायतका स्रष्टाले गजल वाचन गरेको बताए । गजल गुञ्जन कार्यक्रममा सोही नगरपालिकाको थुमा माध्यमिक विद्यालयका विद्यार्थीले समेत गजल वाचनमा सहभागी भएको आयोजकले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस