काठमाडौं : नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन सद्भावना दुत तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा आफ्नो तिन महिने पर्यटन भ्रमण सकेर अमेरिका बाट स्वदेश फर्केकी छिन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड बाट आगामी २ बर्षे कार्यकालको लागि पर्यटन सद्भावनादूत नियूक्त संगै भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले उनि पर्यटन प्रबर्धन तथा प्रचार प्रसारको लागि अमेरिका गएकी थिइन् । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम गरेकी थिइन् । सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाएको बेला उनले अमेरिकामा रहेर नेपालका कला संस्कृति, भेष भुषा, सम्पदा, प्राकृतिक बिबिधताको बारेमा अधिक रुपमा जानकारी गराएकी थिइन् ।
उक्त भ्रमणको अबसरमा पर्यटन सद्भावना दुत छिरीङ डोल्मा शेर्पालाइ अमेरिकामा रहेका विभिन्न संघ सस्थाहरुले उनको कार्यको उच्च मुल्यांकन गर्दै दर्जनौ सम्मान प्रदान गरेको थियो । उनले भ्रमणको शिलशिलामा अमेरिकाका उच्च पदस्थ व्यक्तित्वहरुलाई समेत भ्रमण बर्ष २०२० को बारेमा जानकारी गराएकी थिइन् । नेपालको पर्यटन प्रबर्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् । आगामी दिनहरुमा पर्यटन प्रबर्धन संगै समाजसेवामा सक्रिय रहेर सुखी नेपाली सम्बृद नेपालको नारालाई आत्मासाथ गर्दै मुलुकलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने कार्यमा आफु लाग्ने प्रतिबद्दता समेत उनले जाहेर गरेकी छिन ।
छिरीङ डोल्मा फाउन्डेसनकि अध्यक्ष समेत रहेकी शेर्पाले हिमाल आरोहणदेखि पदयात्रामा जाँदा दुर्घटनामा परि असामहिक निधन भएका गरिब परिवारहरु शिक्षा बाट बन्चित नहुन भनेर एउटा कोष खडा गरि कम्तिमा बर्षमा २ जनालाई निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएकी उनले सम्पूर्ण देश बिदेशमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोगदेखि भौतिक सहयोगसम्मको लागि आव्हान गरेकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस