काठमाडौँ-विश्वका विभिन्न देशमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी प्रवद्र्धनात्क कार्यक्रम आयोजना गरिएका छन्। चीनको राजधानी बेइजिङ, कतारको दोहा, दक्षिण अफ्रिकाको प्रिटोरिया, क्यानाडाको ओटावा, फ्रान्सको पेरिस र इजिप्टको कायरोमा नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने विविध प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरेका हुन्।
कार्यक्रमका क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्वशान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थलको अवलोकनका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं भाषिक विविधताको देश नेपालको जीवनकालमा एकपटक भ्रमण गर्न नेपालका कूटनीतिक अधिकारीले आह्वान गरे।
कायरोस्थित नेपाली दूतावासले हालै सगरमाथाको सफल आरोहण गरेर फर्किएका त्यहाँका नागरिकलाई कार्यक्रममा आमन्त्रण गरेर नेपालको पर्यटनका विविध आयाम र उत्पादनबारे जानकारी गराएको थियो। साथै दूतावासले नेपाल भ्रमण गर्न चाहने इजिप्टका नागरिकहरूका निम्ति बेग्लै सेवाकक्ष स्थापना गरेर सेवा प्रवाह थालेको जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस