पोखरा-मुस्ताङ र आसपासमा परेको हिमपातसँगै यतिखेर चिसोकोे प्रवाह नगरी आन्तरिक पर्यटक पुग्न थालेसँगै त्यस क्षेत्रमा चहलपहल बढेको छ।विगतमा चिसो छल्न पोखरा, काठमाडौँलगायतका स्थानमा जाने गरेका मुस्ताङका स्थानीयवासी पर्यटकको आगमन बढेपछि अहिले भने होटेल तथा व्यवसाय सञ्चालन गरी बसेका छन्। चिसो छल्न विगतमा बेँसीतिर झनुपर्ने बाध्यता रहेकोमा अहिले हिमपात हेर्न र हिउँ खेल्न आउने पर्यटकले उनीहरू पनि उतै रोकिएका हुन्।
हिउँका कारण सेताम्य भएका भूभाग हेर्नुका साथै हिमपात भइरहेकोे रमणीय दृश्य अवलोकन गर्न चाहनेका कारण मुस्ताङका होटेलमा पर्यटक आउने र बस्ने क्रम नरोकिएको कालापानीस्थित होटल सियु लजका सञ्चालक अमित तुलाचनले जानकारी दिए। पछिल्ला समयमा मुस्ताङसम्मको सडक मार्ग सहज बन्नुका साथै ठाउँठाउँमा सुविधा सम्पन्न होटेल सञ्चालनमा आएकाले यो क्षेत्रमा बाह्रैमास पर्यटकको चहलपहल हुने गरेको छ।
पर्यटकीय नगरी पोखरा आएका पर्यटक हिमाली दृश्य अवलोकनकै लागि मुस्ताङसम्म पुग्ने गरेका छन्। यातायात सहज भएकोले बेमौसममा पनि पर्यटकको आगमन नरोकिएको स्थानीयवासी बताउँछन्। मुस्ताङ पुग्ने पर्यटक धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथसम्म पुगेर फर्कन्छन्। कतिपय उपल्लो मुस्ताङको लोमन्थाङ हुँदै कोराला नाकासम्म पुग्छन्।
यसपटक हिमपात भएसँगै हिउँ खेल्न पोखरालगायतका स्थानबाट पर्यटक आउने गरेका छन्। ठिनी पुग्नेहरु नजिकैको ढुम्बा ताल, हिउँले ढाकिएका डाँडा, गाउँ माथिको हिउँ चितुवा गुफा अवलोकन गर्न पुग्छन्। मुस्ताङ पुग्ने पर्यटकमध्ये कतिपय पोखराबाट सिधै हवाइजहाज मार्फत जोमसोम विमानस्थल झर्छन्। कतिपय पोखराबाट पर्वत, म्यादी हुँदै सवारीसाधन लिएर पुग्छन्।
पर्यटक पुग्ने क्रम बढेसँगै अचेल मुस्ताङमा होटल व्यवसायमा लगानी बढिरहेको मुक्तिनाथको रानीपौवास्थित होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताए। सुविधा सम्पन्न होटेल थपिनाले पर्यटकलाई सजिलो भएको छ। विगतमा जाडोमा पर्ने हिउँले जनजीवन कष्टकर हुने गरेकोमा पछिल्ला वर्ष त्यो हिमपात आयआर्जनको माध्यम बन्न थालेको उनले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस