काठमाडौँ-नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गरिँदै छ। विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत आज भव्य शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न अष्ट्रेलियाको सिड्नी पुगिसकेको उनको सचिवालयले जनाएको छ। मन्त्री भट्टराईले भव्य समारोहका बीच सिड्नीमा भ्रमण वर्षको शुभारम्भ गर्नेछन।
राष्ट्रियरूपमा भ्रमण वर्षको सन् २०२० जनवरी १ (पुस १६ गते) काठमाडौैँको दशरथ रङगशालामा भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन। सातै प्रदेशका मुख्यमन्त्रीले आ-आफ्नो प्रदेशबाट भ्रमण वर्षको सोहीदिन शुभारम्भ गरेका थिए। सरकारले भ्रमण वर्ष २०२० अभियानमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। भ्रमण वर्षको देश तथा विदेशमा प्रवद्र्धनात्मक गतिविधि सञ्चालन भइरहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस