रत्ननगर- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकने बताएका छन् । क्षेत्रीय होटलल सङ्घ सौराहाद्वारा आयोजित १६ औँ हात्ती महोत्सवको आज सौराहामा शुभारम्भ गर्दै उनले पर्यटन क्षेत्रको विकास कहिल्यै सकिदैन भने । उनले भने, “अरु क्षेत्रको विकासको एउटा विन्दु हुन्छ तर पर्यटन क्षेत्रमा सधैँ विकासको खाँचो परिरहन्छ ।”
अध्यक्ष दाहालले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० ले अन्तरराष्ट्रिय जगत्मा नयाँ सन्देश प्रवाह गरेको बताए । उनले भने “निकुञ्ज ऐन २०२९ संशोधनको प्रक्रिया अगाडि बढेको छ । नयाँ आउने ऐनले मानव, वन्यजन्तु र निकुञ्जको हित गर्नेछ । “हात्तीको प्रयोग मानिसमात्र नभई देवताले पनि कसरी गरेका थिए भन्ने कुरा हाम्रा शास्त्रमा धेरै लेखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने “मानवलाई वन्यजन्तुको सहयोग र वन्यजन्तुलाई मानवको सहयोग चाहिन्छ । मानव र वन्यजन्तुबीचको सुमधुर सम्बन्धमा खाडल पैदा गर्नु हुँदैन ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस