सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पर्यटन सूचना केन्द्रको भवन निर्माण गरिएको छ ।
पर्यटकीय गन्तव्य सम्बन्धी सूचना प्रवाह गर्ने उद्देश्यले सूचना केन्द्र स्थापना गरिएको कर्णाली प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले जानकारी दिए ।
“नेपाल भ्रमण वर्ष २०२०” लाई लक्षितगरी पर्यटकीय गन्तव्यस्थलको पहिचान गर्ने मुख्यध्येयका साथ प्रदेश सरकारले पर्यटन सूचना केन्द्र निर्माण गरिएको हो,” सूचना अधिकारी रोकायाले भन्नुभयो, “उक्त केन्द्रलाई कर्णालीको पर्यटन सचिवालयको रुपमा समेत प्रयोग गर्ने योजना छ ।”
उनका अनुसार प्रदेशमा आउने पर्यटक तथा गतिविधिको सूचना राख्न र यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न केन्द्रबाट प्रभावकारी काम बढ्ने देखिन्छ । पर्यटन विकासले प्रदेशको आर्थिक तथा रोजगारीका क्षेत्रमा योगदान दिने भएकाले केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
रु १५ लाखको लागतमा निर्माण भएको उक्त भवनलाई प्रादेशिक पर्यटन सूचना केन्द्र नामाकरण गर्ने तयारी प्रदेश सरकारको छ । चालू आवमा सूचना केन्द्रका लागि उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु १२ लाख बजेट विनियोजन गरेको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस