ताप्लेजुङ– साहसिक पदयात्रा क्षेत्र कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा हिमखम्बा राखिएपछि पर्यटक र पथप्रर्दशकलाई आवागमनमा सहज भएको छ । पदमार्गका विभिन्न ठाउँमा हिमखम्बा र साङ्केतिक खम्बा राखिएसँगै हिउँ परेपछि बाटो भुल्ने समस्याबाट पर्यटक र पथप्रर्दशकले मुक्ति पाएका छन् ।
हिउँले बाटो छोपेपछि पर्यटकलाई यात्रामा समस्या हुँदै आएको थियो । आधार शिविर प्रवेशद्वार घुन्सादेखि माथिल्लो क्षेत्रमा खम्बाहरु गाडिएका छन् । यात्रा सहज बनाउने उद्देश्यसहित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत समृद्ध पहाडले २०० थान हिमखम्बा र १०० थान साङ्केतिक खम्बा गाडेको समृद्ध पहाडका वरिष्ठ कार्यक्रम संयोजक सुदीप श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार घुन्सादेखि उत्तरी आधार शिविर जाने पदमार्ग खम्वाचेन, लोनाक र पाङ्पेका साथै दक्षिणी आधार शिविर जाने सेलेले, चेइराम, ओक्तानसम्म नै खम्बा गाडिएको छ । पाङ्पेमा उत्तरी र ओक्तान दक्षिणी आधार शिविर हुन् । उत्तरतर्फ हिमखम्बा र दक्षिणतर्फ साङ्केतिक खम्बा गाखिएको छ ।
कञ्चनजङ्घामा स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम वर्षेनी बढ्दो छ । नेपाल भ्रमण वर्षलाई समेत सहयोग गर्ने उद्देश्यले आवश्यक काम भइरहेको परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताए । उनका अनुसार कञ्चनजङ्घाको पदमार्गलाई छोट्याउने लगायतका कार्य भइरहेका छन् । २२ देखि २८ दिनको कञ्चनजङ्घा यात्रालाई छोट्याएर नौ दिनमा नै सम्पन्न गर्न सकिने नयाँ रुटको समेत विकास गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस