धम्बोझी– बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेसँगै उनीहरुबाट प्राप्त हुने राजस्वमा पनि वृद्धि भएको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७०÷७१ मा १३ हजार २०७, आव २०७१÷७२ मा १३ हजार ५४८, आव २०७२÷७३ मा १० हजार ६४१, आव २०७३÷७४ मा १८ हजार नौ, आव २०७४÷७५ मा २० हजार ८४, आव २०७५÷७६ मा २४ हजार ५५८, २०७६÷७७ मा छ हजार ७३५ गरी एक लाख छ हजार ७३५ विदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।
आव २०७५÷७६ मा रु तीन करोड ७६ लाख ६० हजार ३४५ राजश्व सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । यस आवमा २०७६÷७७ मा रु ७६ लाख ९६ हजार ६८ राजश्व सङ्कलन भएको छ । चार वर्षको अवधिमा बर्दिया राष्ट्रिय निकुञ्जमा ४४ हजार १६६ विदेशी पर्यटक आएका छन् ।
निकुञ्जमा चार वर्षको अवधिमा ४४ हजार १६६ विदेशी पर्यटकले पाटेबाघ, एकसिङ्गे गैँडा एशियाका ठूलो राजागज हात्ती हेर्न पर्यटक आएको निकुञ्ज संरक्षण प्रमुख बरालले बताउनुभयो । निकुञ्ज आउने आन्तरिक पर्यटकको सङ्ख्या धेरै रहेको बरालको बताए ।
करीब ९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा छ । सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा स्थापित निकुञ्जलाई सन् १९८२ मा शाही बर्दिया वन्यजन्तु आरक्ष नामाङ्कन गरिएको थियो । सन् १९८४ मा बबई नदी आसपासको क्षेत्रलाई पनि यसमा समेटिएको थियो । सन् १९८८ मा बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा यो क्षेत्र घोषणा भएको हो ।
पाटेबाघ, गैँडा, घडियाल गोही, डल्फिन, जरायो, कृष्णसारजस्ता लोपोन्मुख वन्यजन्तु पनि यस निकुञ्जमा संरक्षित छन् । विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार हेर्न आउनेको यहाँ लर्को लाग्ने गर्दछ । बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरी होटल क्षेत्रमा लगानी गर्ने क्रम पनि दिनानुदिन बढिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर पुष्प श्रेष्ठले जानकारी दिए ।
प्रमुख पर्यटकीय गन्तव्यका रूपमा पर्यटक भित्र्याउन निकुञ्जमा अझै धेरै काम गर्न बाँकी रहेको जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शङ्करप्रसाद थारू बताउछन । प्रदेश नं ५ लाई प्रमुख पर्यटकीय मार्ग बनाउन धेरै पर्यटक भित्र्याउन हवाईभाडा कम गर्न राज्य लाग्नुपर्ने प्रदेश नं ५ का प्रदेशसभा सदस्य तिलक शर्माको माग छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस