ठिनी– मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको अनौठो गुफा पर्यटकको पर्खाइमा छ ।
पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको चराङ गुफा ओझेलमा परेको हो । संरक्षण, प्रचारप्रसार र व्यवस्थापनको कमीले गुफामा पर्यटक भित्र्न सकेका छैनन् । हजारौं वर्ष पुरानो गुफा सम्भवत् नेपालकै ठूलो भएको दाबी वडाध्यक्ष टसी ढुण्डी ठकुरीको छ ।
“सात वटा तला र करीब १५० वटा कोठा छन्” वडाध्यक्ष ठकुरीले भने ,“पहाड खोपेर बनाएको यो गुफा उपल्लो मुस्ताङको मानव सभ्यतासँग जोडिएको छ ।” गुफाभित्र कुनै समय पूरै गाउँ भएको जस्तो देखिन्छ ।
पहाडभित्र तला तला र कोठा–कोठा छन् । छिर्ने र निस्कने एउटै प्रवेशद्वार भए पनि भित्र फरक–फरक कोठा छन् । ती कोठामा सुत्ने, ध्यान बस्ने, गुम्बा, शौचालय, बैठक, घाम ताप्ने ठाउँ छन् । अन्न भण्डारण गरेर राख्ने ठाउँ पनि छ ।
स्थानीयवासीका अनुसार परापूर्वकालमा तिब्बतियन समूहको आक्रमणबाट बच्न स्थानीयवासी गुफामा लुकेर बसेका थिए । गाउँलेले आतङ्ककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा स–साना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि भेटिन्छ ।
गुफाभित्र पुग्दा अर्कै संसारको अनुभूति हुन्छ । तिब्बत्सँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको छोसेरमा पनि यस्तै प्रकृतिको झोङ गुफा छ । लोमान्थाङ, छोसेरको झोङ र चराङको गुफाभित्र अनौठा विभिन्न कलाकृति र सामग्री छन् ।
झट्ट हेर्दा प्राचीनकालको तारे होटलजस्तो देखिने गुफाको ऐतिहासिक महत्व र सम्भावना रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए । चराङ गुफा, दरबार र गुम्बालाई संरक्षण र प्रचारप्रसार गरी पर्यटकीयस्थलको रुपमा विकास गराउन पहल थालिएको उनले बताए ।
सोही गाउँपालिकाको मराङमा रहेको गुम्बा नेपालकै पुरानो मानिन्छ । चराङ गुफामा पर्यटक भित्र्याउन स्थानीयवासी र गाउँपालिकाले पूर्वाधार र प्रचारप्रसारमा जोड दिएका छन् । गत वर्ष गाउँ संरक्षण व्यवस्थापन समितिले चराङ गाउँदेखि गुफातर्फ जाने एक सय मिटर भन्दा बढी पदमार्ग बनाएको छ ।
यसवर्ष पनि गुफाको पर्यटन विकासका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए । बेनी–जोमसोम–कोरला सडकको चराङ खण्डदेखि बीस मिनेट पैदल हिँडेपछि चराङ गुफामा पुग्न सकिन्छ ।
जोमसोम–कोरला सडकमा दैनिक सयांै गाडीमा पर्यटक आवतजावत गरे पनि चराङ गुफा सुनसान छ । संरक्षण व्यवस्थापन समिति चराङका अध्यक्ष माया विष्टले गुफा, गुम्बा र ऐतिहासिक दरबारलाई समेटेर चराङमा पर्यटक भित्र्याउन सकिने बताए । सडक विस्तारसँगै ओझेलमा परेको चराङको पर्यटन विकासका लागि प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा जोड दिएको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस