नेपालगञ्ज– बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रूपमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ । त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ ।
तालमा वनभोज रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, दृश्यावलोकन स्तम्भ निर्माण भइसकेका छन् भने थप संरचना निर्माणको काम पनि योजनामा परेको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।
बढैयाताल बर्दियाको सबैभन्दा ठूलो तालका रूपमा रहेको छ । बाह्रै महिना तालमा पानी जम्मा भइरहने तालको मुख्य विशेषता हो । विभिन्न थरीका माछा, कमलको फुल , घाँसेमैदान, चराचुरुङ्गीको बासस्थलले ताललाई थप आकर्षक तथा रमणीय बनाएको छ । यसका साथै ताल क्षेत्रमा अरब सागरबाट चराहरु आउने भएकाले यसको आकर्षण झनै बढेको छ । बढैयातालकै नामबाट गाउँपालिकाको नाम पनि बढैयाताल राखिएको अध्यक्ष श्रेष्ठले बताए ।
केही वर्ष अघिसम्म तालमा ठेक्कामा माछापालन हुँदै आएको थियो । माछापालनले गर्दा तालको विकास पछि पर्दै गएको थियो । गाउँपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि अहिले तालको विकासले फड्को मारेको देखेर स्थानीयवासी पनि खुशी भएको बढैयागाउँका स्थानीयवासी मेहिलाल थारू बताउछन । यो ताल गाउँपालिका–४ र ५ को बीचमा रहेको छ । ताल क्षेत्रमा थारू समुदायको बाक्लो बस्ती छ । थारू समुदायको पहिचानसँगै बढैयातालको इतिहास पनि जोडिएको छ । बढैयातालको विकाससँगै तालमा थारू सङ्ग्रहालय बनाउने योजनाले स्थानीयवासीको चासो झन् बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस