दाङ– रमणीय तथा चिटिक्क परेको देखिने घोराही उपमहानगरपालिका–१८ स्थित ढोढेनी गाउँ अहिले जिल्लाको पर्यटकीय गाउँ बनेको छ ।गाउँलाई अहिले त्यहाँ निर्माण गरिएको दृश्यावलोकन स्तम्भ ९भ्यु टावर० र नमः छु नामक बौद्ध गुम्बाले नै सो गाउँलाई पर्यटकीय गाउँको रुपमा चिनाएको हो । चारैतिर रमणीय गाउँ सोही गाउँकोबीच भागको अग्लो स्थानमा करीब एक दशक पहिले उक्त गुम्बा निर्माण गरिएको थियो ।
गतवर्ष सो गुम्बा नजिकै एक समाजसेवीको परिवारले आफ्नो लगानीमा त्यहाँ दृश्यावलोकन गर्ने स्तम्भ निर्माण गरिदिएकाले अहिले सो गाउँ पर्यटकीय केन्द्रका रुपमा चिनिन थालेको हो । सो टावरको नाम ‘मनदिल’ दृश्य अवलोकन टावर राखिएको छ ।
घोराही उपमहानगरपालिक—१८ निवासी समाजसेवी मनबहादुर पुन र उनका श्रीमती दिलमाया र छोरा तथा बुहारीले सो टावर निर्माण गरेका थिए ।
अहिले सोही मनदिल टावरबाट जिल्लाको दृश्यावलोकन गर्न जानेहरु बढेका छन् । जिल्लाका विभिन्न ठाउँबाट घोराही बजार पुग्ने सर्वसाधरण तथा अन्य जिल्लाबाट यस जिल्लामा घोराही आउने पर्यटक पनि सो ठाउँमा पुग्ने गरेका छन् ।उक्त टावरबाट जिल्लाको नजिकै रहेको घोराही बजार , छिमेकी जिल्ला रोल्पा जाने बाटो, घोराही उपमहानगरपालिकाका पहाडी गाउँ तथा प्यूठान जिल्लाको केही क्षेत्र समेत अवलोकन गर्न सकिने त्यहाँका कर्मचारी सञ्जीव चौधरीले बताए ।
उनका अनुसार सो टावर चढ्नका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई भने रु ३० को टिकट शुल्क लाग्ने गरेको छ भने एक जनाले १५ मिनेटसम्म टावरमा बसेर अवलोकन गर्ने गरेको उनको भनाइ थियो । अहिले दैनिक ८० देखि ९० सम्म आन्तरिक पर्यटक आउने गरेकामा शनिबार र अन्य बिदाको समयमा टावरमा आउनेहरुको भीड नै लाग्ने गरेको छ।
भ्यू टावर हेरेर फर्किदै गरेका तुलसीपुरका २२ वर्षीय नवीन अधिकारीले आफू पहिलो पटक यस्तो टावरमा चढेर पूरै बजार हेर्न पाउँदा खुशी भएको बताए । त्यसैगरी लमही नगरपालिका–५ का पूर्णिमा चौधरीले टावरमा चढेर चारैतिर हेर्न पाउँदा आफू रोमाञ्चित भएको बताए । बाउन्न फिट अग्लो उक्त टावर संरक्षणका लागि दुई कर्मचारीलाई पनि भर्ना गरिएको छ । गुम्बा क्षेत्र तथा ढोडेनी गाउँलाई पर्यटकीय रुपमा विकास गर्नका लागि आफूले टावर निर्माण गरिदिएको निर्माणकर्ता दिलमायाले उल्लेख गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस