काठमाडौं : सरकारले ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारले आवासीय नेपाली सङ्घ (एनआरएनए)ले विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ’ अभियान सञ्चालन गर्न लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको उपस्थितिमा आइतबार एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यबीच १७ बुँदे सम्झौंता भएको छ ।
सम्झौतामा सबैभन्दा बढी विदेशीलाई नेपाल पठाउने व्यक्ति वा सङ्घ, संस्थालाई नेपाल सरकारले सम्मान गर्ने उल्लेख छ । २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष-२०२० को उद्घाटन जनवरी १ मा हुँदैछ ।
भ्रमण वर्ष नजिकीरहेका बेला सचिवालयले त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिन एनआरएनएसँग सम्झौता गरेको हो ।
सम्झौतामा विश्वभर गरिने एनआरएनएको औपचारिक सेमिनर, गोष्ठीलगायतका कार्यक्रम भ्रमण वर्षलाई लक्षित गरी नेपालमा नै आयोजना गर्न व्यवस्था मिलाउने, विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीलाई विदा मनाउन नेपाल जाउँ अभियान सञ्चालन गर्ने सम्झौंतामा भनिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस