काठमाडौँ : जावालाखेल भनिमंडल विनायक स्टोरको अपोजिटमा पारिवारिक बाताबरणमा खुलेको “टर्किस कबाब एण्ड पिज्जा हब” खानाको पारखीहरुको लागि स्वादिष्ट’ हाइजेनिक अन्तराष्ट्रिय स्तरको टर्किस र मिडल इस्टर्न खानाहरुको गन्तब्य बनेको छ । स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।
बिगत २२ बर्ष भन्दा बेसी अन्तराष्ट्रिय स्तरको लक्जरी चेन होटल रेस्टुरेन्ट तथा बारमा काम गरेको अनुभबलाइ आफ्नो देशमानै केहि गरु भन्ने उदेश्यको साथ खोलिएको “टर्किस कबाब एण्ड पिज्जा हब” मा टर्किस, मिडल इस्टर्न खानाहरुचाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिन सकिने संचालक लाल श्रेष्ठले बताए ।
जावालाखेल भनिमंडल विनायक स्टोरको अपोजिटमा सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट एण्ड बार संचालनमा ल्याइएको “टर्किस कबाब एण्ड पिज्जा हब” का अर्का संचालक भक्त श्रेष्ठले बताए । ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको जानकारी’ “टर्किस कबाब एण्ड पिज्जा हब” का अर्का सञ्चालक हिउँन तामाङले गराए ।
रेष्टुरेन्ट विहान ८ बजे देखि राति १० बजेसम्म संचालनमा आउनेछ । रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ । भनिमंडलमा खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना संचालकहरुको रहेको छ ।
यस “टर्किस कबाब एण्ड पिज्जा हब”का संचालकहरु बिगत २२ बर्ष देखि अन्तराष्ट्रिय चेन ५ स्टार होटलहरुको रेस्टुरेन्टहरुमा काम गरिसकेका अनुभबी व्यक्ति हुन l उनको अनुभब तथा आफ्नो देश प्रतिको माया लगाबले गर्दा स्वदेशमा नै केहि गरु भन्ने उदेश्यको साथ रेस्टुरेन्ट व्यवसायमा लगानी गरेको तथा अन्तराष्ट्रिय स्तरको रेस्टुरेन्ट एण्ड बार नेपालमा संचालनमा ल्याएर विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस रेस्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ l
बिगत चार महिना देखि संचालनमा रहेको यस रेस्टुरेन्टका संचालक तथा सेफ हिउँन तामाङ अन्तराष्ट्रिय चेन होटल सेराटनमा काम गरिसकेको अनुभबलाइ नेपालमा ल्याएका छन् । उनले दुबई, यमन, कतार, ताजिकिस्थान, टर्की, युके लगायतका मुलुकहरुमा सेफको रुपमा काम गरिसकेका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस