काठमाडौँ : पर्यटकीय सुन्दर नगरी पोखराको मुटु लेकसाइडमा रहेको होटल रानीबन आर्केडले नेपाली नयाँ बर्ष २०७६ को उपलक्ष्यमा आफ्नो होटलमा आउने अतिथिहरुको लागि बिसेष छुटको साथमा स्पेसल अफर लिएर आएको छ । पर्यटकीय क्षेत्र लेकसाइडको राम्रो तथा औलामा गनिन सक्ने होटल मध्ये पर्ने होटल रानीबन आर्केड पोखराको सुबिधा सम्पन्न होटलको सुचिमा पर्दछ l आन्तरिक तथा बाह्य पर्यटकहरुले सधै खचाखच भरिने होटल रानीबन आर्केड स्थानियबासीहरुको समेत पहिलो रोजाइमा परेको छ l पारिवारिक बाताबरणमा सम्पुर्ण सुबिधायुक्त होटल रानीबन आर्केड पोखरा लेकसाइडको प्राइम लोकेसनमा अबस्थित छ ।
नयाँ बर्ष २०७६ नजिकिदै जादा तथा भिजिट नेपाल २०२० लाइ समेत मध्यनजर गर्दै होटल रानीबन आर्केड पोखराले आफ्नो गेष्टहरुको लागि भनेर स्पेसल अफर तथा छुट लिएर आएको कुरा होटलका प्रबन्ध निर्देशक कुश भुजेलले बताए । पर्यटकहरुको सेवा सुबिधालाइ मध्यनजर गर्दै बाह्य तथा आन्तरिक पर्यटनहरुलाइ कम बजेटमा सम्पूर्ण सुबिधा प्रदान गर्दै अधिकतम मात्रामा पर्यटकहरुलाइ पोखरा भित्र्याउने लक्ष्य समेत रहेको उनि बताउछन ।
होटलमा ६० वटा सुविधा सम्पन्न कोठा छन् जसमा २४ वटा सुपर, २० वटा डिलक्स, १४ वटा सुपर डिलक्स र २ वटा जुनियर सुइट कोठा रहेकोरहेका छन् । प्राय सबै कोठाबाट पोखराको मुख्य आकर्षण मानिने फेवाताल, शान्तिस्तुप, रानीवन लगायत वरपरका हरियाली जंगलहरुको दृश्यावलोकन गर्न सकिन्छ । प्राय कोठाबाट पोखराबाट देखिने हिमालयहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ भने पुर्ण पर्यटकमैत्री होटल सञ्चालनमा भएको छ । पर्याप्त पार्किङको सुविधा रहेको होटलको चौथो तलामा रुफटप गार्डेन बार छ । रुफटप गार्डेन बारलाई ‘माया गार्डेन’बाट ब्राण्डिङ गरिएको छ । होटलमा २ सय जना क्षमताको सभाहल छ जुन सभाहललाई ‘जमुना हल’ नामाकरण गरिएको छ । होटलको माथिल्लो तलाबाट सम्पूर्ण पोखरालाई स्पष्टसँग ३ सय ६० डिग्रीको कोणबाट अवलोकन गर्न सकिन्छ, पर्यटकहरुको सुविधालाई मध्यनजर गरी लिफ्टको व्यवस्था गरिएको छ भने होटल अपाङ्ग र वृद्धावृद्धामैत्री रहेको छ ।
होटलका प्रत्येक कोठामा मिनीबार,एसीको सुविधा छ भने खाना तथा खाजाका लागि रुम सर्भिसको सेवा उपलब्ध छ । चौबिसै घन्टा पर्यटक तथा होटल ग्राहकको सेवामा मिठो मुस्कानको साथमा कर्मचारी खटिएका हुन्छन् तसर्थ पनि होटल रानीबन आर्केड थ्री स्टार होटल सरहको सुविधा सम्पन्न भएको होटल रहेको संचालक हरि भुजेलले जानकारी गराए । होटलको मुख्य आकर्षणका रुपमा प्रवेशद्वार नजिकै प्राकृतिक पहाडको झल्को दिने संरचना तयार पारिएको छ । ‘पहाडको संरचनाबाट नियमित रुपमा झरना जसरी झर्ने पानी यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो । पुर्ण पारिवारिक वातावरणमा होटल सञ्चालन गरिरहेका यस होटलमा पर्यटकको स्वागत सत्कार तथा सुविधामा कुनै कमी हुन नदिन होटलका कर्मचारी चौबिसै घण्टा उपलब्ध भईरहेका हुन्छन ।
बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरी नयाँ बर्ष तथा चाडपर्वका अवसरमा विशेष छुटमा सेवा उपलब्ध गराउदै आएको कार्यकारी निर्देशक कुश भुजेलले जानकारी दिए । होटलमा आउने पर्यटकलाई पोखरा तथा आसपासको साइडसिन व्यवस्था पनि मिलाइएको छ । ‘बिमानस्थल र बसपार्क सम्म ल्याउने र लैजाने सुविधा पनि उपलब्ध भएको यस होटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
सम्पुर्ण सुबिधा सम्पन्न अन्तराष्ट्रीय स्तरको अत्याधुनिक सुविधा सम्पन्न यस होटलमा गाडी पार्किङ् स्थल, सुविधा सम्पन्न रेस्टुरेन्ट र पूर्ण एयर कण्डीसन रुम सुविधा सम्पन्न बेड , टेलिभिजन, अट्याच वाथरुम, वाईफाई, तातो-चिसो पानी, मिनीबार लगायतका न्युनतम सेवा सुविधाहरु रहेका छन साथै भोजन र सभाहलको समेत ब्यवस्था रहेको होटल कार्यकारी निर्देशक कुश भुजेलले जानकारी दिए।
रानीबन आर्केड होटलसँगै फाइन डाइनिङ रेष्टुरेन्ट पनि सञ्चालनमा रहेको छ । कुइन फरेष्ट रेस्टो एण्ड बारबाट होटलमा बस्ने पर्यटक र अन्य पर्यटक तथा पदयात्रीका लागि खाना तथा नास्ताको सुविधा उपलब्ध छ । रेष्टुरेन्टमा कन्टिनेन्टल, इन्डियन, इटालियन लगायत सि फुडको व्यवस्था छ । ‘पर्यटकको चाहना अनुसारको खाना तथा खाजा खुवाउने ब्यबस्था गरिएको छ । रेष्टुरेन्टमा एकै पटकमा एक सय भन्दा बढी पर्यटकलाई सुविधा उपलब्ध गराउन सकिने क्षमता समेत रहेको छ ।
संचालकहरुले होटल र रेष्टुरेन्टसँगै ट्राभल एण्ड ट्रेकिंग कम्पनी र मनि चेन्जर पनि सञ्चालन गरिहेका छन् । ट्राभलबाट पर्यटकलाई पोखरा साइडसिन, स्वदेशी र विदेशी हवाइ तथा बस टिकटको सुविधा उपलब्ध छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस