काठमाडौं– विश्व चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । मंगलबार सार्वजनिक भएको सूचीमा नेपाल पाँचौं स्थानमा परेको हो । दक्षिण एसियाबाट सूचीमा पर्ने एक मात्र देश नेपाल हो । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षको अन्त्यतिर आउँदो वर्ष घुम्न योग्य विश्वका उत्कृष्ट देश तथा स्थानको सूची सार्वजनिक गर्छ । यो सूचीको पहिलो स्थानमा क्यानडा, दोस्रामा कोलम्बिया, तेस्रोमा फिनल्याण्ड तथा चौथोमा डोमिनिका छन् । यस्तै बर्मुडा छैटौं स्थानमा, मंगोलिया सातौं, ओमान आठौं, म्यानमार नवौं र इथियोपिया १० औं स्थानमा छन् ।
छनौट प्रक्रिया
लोन्ली प्लानेटले हरेक वर्ष सार्वजनिक गर्ने यो सूची विशेष प्रक्रिया मार्फत गर्ने गरेको छ । यसका लागि भ्रमण गरेका पर्यटकको प्रतिक्रिया, भ्रमणका लागि पर्यटकले देखाएको चासो तथा विभिन्न तथ्यांकलाई आधार मानिने गरेको छ । यस्तै लोन्ली प्लानेटका कर्मचारीले संकलन गरेको तथ्यांकलाई पनि आधार मानिने गरेको छ । भौगोलिक सुन्दरता, भ्रमणपछिको पर्यटकको प्रतिक्रियालाई छनौटको आधार मानिने लोन्ली प्लानेटले जनाएको छ ।
नेपाल किन घुम्ने ?
गएको वर्षको वैशाख १२ मा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले क्षति गरेपनि नेपालमा घुम्न लायक धेरै ठाउँ रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । यात्रुका लागि भूकम्पपछि नेपालले के गुमायो र अझै बाँकी के के छन् ? भन्ने कुरा निकै महत्वपूर्ण हुने उल्लेख गरिएको छ ।
यस्तै साँस्कृतिक महत्वका केही सम्पदा भत्किए पनि तिनका बारेमा बुझ्न र त्यहाँ हेर्न लायक धेरै कुरा रहेको लोन्ली प्लानेटले जनाएको छ । यस्तै विश्वकै उत्कृष्ट पदमार्गहरु नेपालमा रहेकाले यो घुम्नै पर्ने देश रहेको उल्लेख गरिएको छ ।
नेपालका विभिन्न गाउँ तथा त्यहाँको सँस्कृतिको अवलोकन गरी राष्ट्र निर्माणमा सहयोग गर्ने माध्यम बन्नका लागि लोन्ली प्लानेटले विश्वभरका पर्यटकसँग अपिल पनि गरेको छ ।
कम खर्चमा घुम्न चाहनेका लागि पहिलो गन्तव्य
लोन्ली प्लानेटले घुम्न चाहने, तर बजेट कम भएका यात्रुका लागि विश्वका १० उत्कृष्ट गन्तव्य राष्ट्रको सूची पनि सार्वजनिक गरेको छ । त्यसमा नेपाल पहिलो स्थानमा छ । नेपालमा कम खर्चमा पनि घुम्न सकिने छ ।
भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण नेपालको जनजीविकामा निकै असर परेको भएपनि कम खर्चमा घुम्न चाहने यात्रुका लागि नेपाल पहिलो रोजाइ बन्न सक्ने लोन्ली प्लानेटले उल्लेख गरेको छ । यात्रुले कम बजेटमै विश्वका उत्कृष्ट मध्येका पदमार्ग, वन्यजन्तु तथा उत्कृष्ट सँस्कृतिको अवलोकन गर्न पाउने उल्लेख छ । त्यसका लागि दिनको ५० अमेरिकी डलर भए पुग्छ ।
यो सूचीमा दोस्रो स्थानमा नामिबिया, तेस्रो स्थानमा पोर्चुगलको पोर्टो, चौथो स्थानमा इटालीको भेनिस, पाँचौंमा हंगेरीको डेब्रिसेन, छैटौंमा बेलिजी, सातौंमा मोरक्को, अठौंमा रुस, नवौंमा अस्ट्रेलियाका बेलारिनी र दशौं स्थानमा अमेरिकाको मिसिगनको माथिल्लो क्षेत्र रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस