तपाॅईले के बाॅसको पाहाड देख्नु भाको छ?तॅपाईले कोरियामा थेनामु अर्थात बाॅसै बाॅसको पाहाड देख्नु भयो भने त्यो छवलनाम्दो राज्यको थामयाड़ हुन सक्छ।बम्बो सिटीको उपाधि पाएको सानो शहर कोरियाको आन्तरिक र बाहृय पर्यटनको केन्द्र भएको छ।तॅपाई याॅहा बाॅसको रक्सी बाॅसकै कपमा बाॅसकै सितन सित बासको पाहाड हेर्दै चुस्कि लिॅदै रमाउनु हुन्छ ।बाॅसकै साईकलमा साईट सिन जान सक्नु हुन्छ । बाॅसका कलाकृति संगित सामाग्री मात्र होइन बाॅसले मानव जिवनमा पुर्याएको योगदान समेतको यथार्थ जानकारी पाउनु हुनेछ।यसले खुल्ला संग्रालय समेतको परिचय पाएको छ।यॅहाको बाॅस नियाले बाॅस भन्दा ठुलो धनुबाॅस भन्दा सानु छ।
बाॅसलाई सहि ढंगले बुझ्नु भयो भने तॅपाईको गास बास र कपास सहज बनाई दिन्छ।बहुबर्षे बाली सानो ठुलो काॅचो या सुकेको पात या हाॅगा पात या डाॅठ जरो होस या टुप्पो फाल्नु पर्ने काम नहुनी केहि छ?
नेपालमा झन न्वारनको दिन कोर्कोबाट शुरुभएको जिवनयात्रा देखि शवयात्रा सम्मका हरेक संस्कारमा अनिवार्य छ।भुक्षय नदी नियन्त्रण पहिरो रोकथाममा यसको योगदान अतुलनीय छ।चराचुरुड़गीको बास स्थान जंगली जनावरको आश्रय स्थल पसु आहारा लगायत पर्यावरण संरक्षणमा महत्वपूर्ण योगदान रहेको छ।एति मात्र होईन तॅपाईको जन्म कुन्डली टिपन पनि बाॅसकै कलमबाट लेखिएको हुन सक्छ ।
बाॅसको सबै भलो, हुदैन हलो।जति अग्लो भएनी बाॅस झै निउरीन जान्नु पर्छ ।एस्ता अनेकौ उखान भनाई ब्याप्त छन नेपाली समाजमा।धेरै बाॅसको गाॅज भएको बारीलाई बाॅसस्वाॅरा र सोहि बाॅस भएको जग्गा धनिलाई बाॅसस्वारे भनिन्छ गाॅउमा। उनका छोराहरुलाई समेत बाॅसस्वारे ठुलो,माईलो,कान्छो पहिचान दिईन्छ।एवंरितले उनका नाती पनाती सम्म पहिचान समेतको पुस्तान्तरण हुने गरेको छ।मर्दा पर्दा हर बखत, धनि भएर ढलान घर बनाॅउदा होस या गरीव हुॅदा बाॅसको टहरो जतिखेर पनि मानव हितमा उपयोगी बिरुवा बाॅस हो ।
एती हुॅदहुदै पनि यसको व्यवशायिक उत्पादन र बजार व्यवस्थापन गतिलो छैन।कोरियाको कृषिमा बाॅसको धेरै महत्वपूर्ण स्थान छ।किसानलाई केहि समस्या पर्यो केहि आईडिया आएन भने बाॅसघारी गए केहि उपाए निस्कन्छ भन्ने भनाई छ।बाॅस पर्यटनको नाममा सिड़गै शहर खचाखच भएको देखिनु कम्ती रहर लाग्दो छैन।कलाकृति पर्यटन मात्र होईन बाॅसको अध्ययन गर्ने कृषिका बिद्दार्थिको लागि तिर्थस्थल नै हो थामयाड़ ।
शनिवार र आईतवार जुन्कोवन(बम्बो पार्क)मा स्वदेसी या बिदेसीहरुको एकदमै भिड हुन्छ । तॅपाई कोरियामा हुनुहुन्छ भने खुवान्जु टर्मिनलबाट 35मिनटको दुरीमा स्थानिय थामयाड़ टर्मिनलमा झरेपछि यो बाॅसै बाॅसको शहर हेर्न पाउनुहुनेछ।भविष्य हाम्रो हातमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस