काठमाडौं-राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् ।
यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था आउने कोभिड–१९ को ’boutमा अन्तर्राष्ट्रिय अध्ययन गरिररहेका डा. रमेशकुमार आचार्यले जानकारी दिए ।
उनले विभिन्न युरोपियन मुलुकमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने बताउँदै त्यसका लागि सरकारले पूर्वतयारीस्वरूप पर्याप्त मात्रामा आइसोलेसन वार्ड र हस्पिटल बेडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए । डा. आचार्यले पुनः संक्रमण बढ्दै जान सक्ने र अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन कमी हुन सक्ने भएकाले स्वास्थ्य मन्त्रालयले समयमा नै उचित व्यवस्थापनमा ध्यान पु-याउनुपर्ने सुझाव दिए ।
डा. आचार्यका अनुसार आगामी पुस, माघ र फागुनमा डेल्टा र साउथ अफ्रिकन सिवान भेरियन्ट डेल्टाभन्दा संक्रामक नयाँ भेरियन्ट फैलन सक्ने र ब्रेक थ्रु इन्फेक्सन भएर भ्याक्सिनलाई छल्न सक्ने सम्भावनासमेत रहेको छ ।
नेपालमा हाल ८० लाखभन्दा बढी नागरिकले भ्याक्सिन लगाउनु सकारात्मक भएको र त्यसले एन्टिबडी विकास भई कोभिडसँग लड्न सक्ने क्षमताको विकास भएको डा. आचार्यको भनाइ छ ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस