अछाम – अछाममा कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ५० हजार ६ सय पुगेको छ ।
गत वर्षको १४ माघदेखि पहिलो चरणको खोप अभियान सुरु भएको थियो । कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा खोप अभियान चलिरहेको छ । अछाममा एष्ट्राजेनेका, जाेन्सन एन्ड जाेन्सन र काेभिसिल्ड गरी तीन प्रकारको खोप लगाइएको छ । जसमा जोन्सनको पूर्ण मात्रा खोप लगाउनेको संख्या १२ हजार चार सय ८५ छ ।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको थियो । दोस्रो चरणमा अग्रभागमा टेर सेवा प्रवाह गर्दै आएका सञ्चारकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्सकर्मी, सफाइकर्मी लगायतको क्षेत्रमा कार्यरतलाई लगाइएको थियो ।
तेस्रो चरणमा सबै ज्येष्ठ नागरिक सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, सार्वजनिक सवारीका चालक, सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेका सबैलाई लगाइएको थियो । जिल्लामा अहिले पनि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ ।
आजबाट अछाममा कोभिसिल्ड तथा एष्ट्राजेनेका खोपको दोस्रो मात्रा खोप लगाउन सुरु भएको छ । कोभिड-१९ विरुद्धको पहिले भेरोसिल खोपको पहिलो मात्रा लगाएका ४० वर्षमाथिका आमनागरिक तथा १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाउन थालिएको हो ।
कोभिसिल्ड तथा एष्ट्राजेनेका पहिलो मात्रा लगाई दोस्रो मात्रा नपाएका आमनागरिकलाई भोलिसम्म खोप अभियान सञ्चालन भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिए । दुई दिनको अवधिमा ११ हजार देखि १५ हजार नागरिकलाई भेरोसेल र चार हजार दुई सयजनालाई कोभिसिल्ड खोप लगाउने लक्ष्य रहेको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस