१-पानी पिउनुहोस
शरीरलाई स्वस्थ र फिट राख्नको लागि पानीको महत्वपूर्ण भूमिका हुन्छ । मानव शरीरमा पानीको मात्रा ५० देखि ६० प्रतिशतसम्म हुन्छ । पानीले शरीरका अंगहरुको रक्षा गर्छ । कोशिकाको माध्यमबाट शरीरभरि पोषक तत्व र अक्सिजनको सञ्चार गर्न पानीले सहयोग गर्दछ ।
पानीले हाम्रो शरीरको तापक्रमलाई पनि नियन्त्रण गर्दछ । बिहान उठ्नेबित्तिकै हाम्रो शरीरलाई पानीको अत्यधिक आवश्यकता हुन्छ । बिहान उठ्नेबित्तिकै पानी पिउने बानी गर्नाले हाम्रो शरीरमा भएका अनावश्यक पदार्थहरु निकाल्न मद्दत गर्दछ । जसले गर्दा हाम्रो रगत सफा हुन्छ र छाला पनि चम्किलो बन्दै जान्छ ।
२- मुस्कान सहित बिहानी शुरु गर्नुहोस
दिनको संकेत बिहानीले गर्छ । प्रभातकालीन समयमै हामीले राम्रो काम स्फूर्तिका साथ गर्न सक्यौँ भने दिनभरि ‘फ्रेस्ड’ महसुस गर्न सक्छौँ ।
३-ध्रूमपान नगर्नुहोस
हुन त धूमपान जुनसुकै समयमा गर्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ नै, तै पनि बिहान उठ्नेबित्तिकै चुरोट पिउनु धेरै खतराजनक हने गर्दछ । यसरी चुरोट पिउँदा क्यान्सर हुने सम्भावना धेरै बढेर जान्छ ।
४- मसलेदार खाना नखानुहोस
बिहानै मसलेदार खाना खानबाट हामी जोगिनुपर्छ । बिहानीको समय जतिसक्दो हल्का र पौष्टिक खाना खाने गर्नुपर्दछ ।
६-निद्रा पुगेपछि नसुत्नुहोस
निद्रा पुगेपछि पनि अल्छी मानेर सुतिरहने बानी छ भने छोडिदिनुहोस् । समयले पर्खिँदैन । ‘बेड’मा नै बसिरहने बानी गर्नु नराम्रो हो । यस्तो बानीले तपाईंलाई निद्रा पूरा हुँदा पनि ‘फ्रेस्ड’ गराउँदैन ।
७ -दैनिक व्यायाम गर्नुहोस
फिटनेसको लागि जीममा पैसा खर्च गरेर पैसा र समय बर्बाद गर्नुभन्दा घरमा नै बसेर व्यायाम गर्नु
फाइदाजनक हुन्छ ।
जिम नै जान अनिवार्य छैन
एक अध्ययनका अनुसार घरैमा बसेर मन पर्ने गीतमा १० मिनेट डान्स गर्नाले पनि फिट रहन मद्दत मिल्छ । दैनिक बिहान १० मिनेट नाच्ने गर्नाले तपाईंको शरीरमा लचिलोपन ल्याउन मद्दत गर्दछ । नाच्नाले शरीरमा रक्तसञ्चार प्रक्रिया राम्रो हुन्छ र ऊर्जा बढ्छ ।
त्यस्तै, नाच्दा निक्लिने पसिनाले शरीरमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ भने बिहान उठेर स्किपिङ खेल्ने गरेमा फिट रहनका लागि मद्दत गर्छ । यसरी स्किपिङ खेल्दा शरीरमा भएको अनावश्यक क्यालोरी घट्न जान्छ र हाड बलियो बनाउन मद्दत पुग्दछ । एक मिनेट स्किपिङ गर्दा १० देखि १६ क्यालोरीसम्म ऊर्जा खर्च हुने हुँदा शरीर सन्तुलित हुन जानुका साथै जोस र स्फुर्ती पनि बढ्न जान्छ ।
यसको अतिरिक्त हामी फिट रहनको लागि बिहानै यात्रा गर्नाले आवश्यक मात्रामा अक्सिजन मिल्छ र शरीरमा क्षतिग्रस्त कोशिकाको लागि उपयुक्त हुन्छ । तपाईं आफ्नै घरमा बसेर योग गरेर धेरै किसिमका रोगलाई हटाई फिटनेश हुन सक्नुहुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस