काठमाडौं- तत्काल भारतको सेरम कम्पनीले कोरोना विरुद्धको कोभिसिल्ड खोप निर्यात नगर्ने बताएपछि सरकारले अर्काे मुलुकबाट खोप ल्याउने प्रकृयामा छलफल अगाडि बढाएको छ।
चीनमा उत्पादन भएको र नेपालमा आपतकालिन अनुमती पाइसकेको भेरोसेल खोप खरिद गर्ने विषयमा छलफल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि बढाएको हो ।
सरकारले चीनसँग एक करोड डोज खोप खरिदका लागि छलफल गरेको थियो । पहिलो चरणमा २० लाख डोज खोप किन्ने नेपालको तयारी स्वरुप छलफल अगाडि बढाइएको मन्त्रालय स्रोतले बताएको छ । ‘तत्काल अब भारतबाट खोप आउने सम्भावना कम भएपछि चीन वा अन्य मुलुकबाट खोप ल्याउने विषयमा छलफल भएको हो, त्यसै अनुरुप चीनको भेरोसेल खोप खरिदको विषयमा पनि छलफल भएको छ।’ मन्त्रालय स्रोतले भन्यो,
यस अघि चीनले अनुदान स्वरुप ८ लाख डोज भेरोसेल खोप दिएको थियो। जुन अहिले दोस्रो डोज लगाइदैँछ । भेरोसेल खोपको मूल्य प्रति एक डोज १८ डलर पर्छ । यस अघि भारतबाट सरकारले किनेको कोभिसिल्ड खोपको एक डोजलाई चार डलर परेको थियो ।
विज्ञहरुले आगामी मंसिरमा कोरोनाको तेस्रो लहर आउने बताइरहेको समयमा त्यसबेला सम्म केही जनसंख्यालाई खोप ल्याएर लगाउन सके कोरोना संक्रमणबाट धेरैको ज्यान जोगाउन सकिने भन्दै मन्त्रालयले दोस्रो मुलुकबाट ल्याएर भए पनि खोप लगाउनु पर्ने भन्दै तयारी अगाडि बढाएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस