काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा आज सम्पन्न भएको आँखा शिविरमा १२१ को मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । नमोबुद्ध नगरपालिका, लायन्स क्लब अफ काठमाडौँ टेम्पल चण्डेश्वरी र लियो क्लब अफ काठमाडौँ टेम्पल चण्डेश्वरीको संयुक्त सहकार्य तथा रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा दुईदिने शिविरमा नगरपालिकाका नागरिकहरूले सो सेवा लिएका हुन् ।
शल्यक्रिया शिविर सञ्चालन गर्नु अगाडि नमोबुद्ध नगरपालिकाका विभिन्न सात स्थानमा शिविर सञ्चालन गरिएको थियो । सो क्रममा एक हजार २७० जनाको आँखा परीक्षण र उपचार गरिएकोमा १७४ को शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । त्यसबेला मोतियाविन्दु पत्ता लागेका बिरामीको दुई दिनसम्म रेयुकाई आँखा अस्पताल बनेपाको भकुण्डेस्थित सेवा केन्द्रमा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । दुई दिनसम्म सञ्चालन भएको शिविरमा शल्यक्रिया गर्न नभ्याएका बाँकी बिरामीले रेयुकाई आँखा अस्पताल बनेपामा लगेर निःशुल्क शल्यक्रिया गराउन सक्ने नगरपालिकाले जनाएको छ । आँखाको शल्यक्रिया गर्न बाँकी ५३ लाई सो सेवा प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।
अस्पतालको भकुण्डेबेँसी सेवा केन्द्रमा पहिलोपटक यतिधेरै बिरामीको एकै पटक मोतियाविन्दुको शल्यक्रिया गरेको रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाका महासचिव हिरामणि शर्माले बताउनुभयो । उहाँका अनुसार पहिलो दिन ५२ र दोस्रो दिन ६९ को शल्यक्रिया गरिएको हो । नमोबुद्ध नगरपालिकाले विगतदेखि नै नगरभित्र मोतियाविन्दु न्यूनीकरण अभियान सञ्चालन गर्दै आएको छ । सो अभियानबाट नगरका सयौँ मोतियाविन्दुका बिरामी लाभान्वित भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस