काठमाडौँ – काठमाडौँको टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु गरेको छ । ग्राण्डीले दाँतमा लागेको चोटपटक चाँडो निको बनाउनका लागि मङ्गलबारदेखि यस विधिबाट उपचार शुरु गरेको हो ।
अस्पतालका रक्तसञ्चार केन्द्रका प्रमुख डा विपीन नेपालले व्यक्तिकै रगत निकालेर ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार गर्दा चाँडो निको हुने भएपछि सो विधि ग्राण्डीले शुरु गरेको जानकारी दिएका छन् । दाँतको शल्यक्रिया गर्दा यस विधिबाट छिटो निको हुने गरेको उनको भनाइ छ ।
ग्राण्डीले विसं २०७३ मा आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरी अस्पतालमा हुने शल्यक्रियाका लागि रगत पु¥याउँदै आएको छ । अस्पतालले हरेक हप्ता शनिबार काठमाडौँ,उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएको छ ।
अस्पतालले रगत अभावका कारण कोही बिरामीले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उपत्यकाका विभिन्न सरकारी अस्पतालमा आवश्यक पर्ने रगतसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । ग्राण्डीले आगामी दिनमा प्लाष्टिक सर्जरी र ढिलो निको हुने घाउमा समेत सो विधिमार्फत उपचार गर्ने लक्ष्य लिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस