म्याग्दी – म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
अक्सिजन प्लाण्ट र अक्सिजन भर्ने बुस्टर मेसिन खरिद गरेर जडान गरेसँगै जिल्लामै अक्सिजन उत्पादन र अक्सिजन भर्ने सेवा शुरु गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । प्लाण्ट स्थापनाको लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट विनियोजन भएको रु ७५ लाख बजेटमध्ये बोलपत्रमार्फत रु ४२ लाखमा मेसिन तथा उपकरण खरिद गरिएको थियो ।
त्यसैगरी केन्द्रको भवनलगायतको पूर्वाधार निर्माणमा मन्त्रालयबाटै रु पाँच लाख बजेट उपलब्ध भएको र अक्सिजन भर्ने बुस्टर मेसिन उपकरण खरिदमा रु १५ लाख ४० हजार खर्च भएको अध्यक्ष कटुवालले बताए । बुस्टर खरिदमा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा रघुगङ्गा गाउँपालिकामा विनियोजन भई खर्च हुन नसकेको करिब १४ लाख बजेटलाई परिचालन गरिएको र अपुग रकम अस्पतालले थप गरेको जनाइएको छ ।
उत्पादित अक्सिजनलाई तत्काललाई सिलिण्डरमार्फत भर्ने र प्रयोग गर्ने गरिए पनि केही महिनाभित्रमा अस्पतालको आवश्यक पर्ने कोठामा सोझै पाइपलाइनमार्फत पु¥याउने तयारी गरिएको अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले बताएका छन् । अस्पतालका अनुसार, पाइपलाइन विस्तारको लागि सामाजिक विकास मन्त्रालयबाट यस वर्ष रु १० लाख बजेट विनियोजन भएको छ ।
अक्सिजन उत्पादन केन्द्र र भर्ने सुविधा विस्तार भएसँगै नियमित रुपमा अक्सिजन प्रयोग गर्दै आएका स्वाशप्रश्वास, दमका बिरामीसँगै जटिल रोगका बिरामीको उपचार सहज हुने डा कँडेलले जानकारी दिए । म्याग्दीमा अहिलेसम्म पोखराबाट अक्सिजन सिलिण्डर ल्याउने गरिएको थियो ।
अस्पतालमा जडान गरिएको सो प्लान्टमा अस्पताललाई आवश्यक भन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन् । दैनिक १० देखि १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सकिने जनाइएको छ । अस्पतालमा रहेको सघनउपचार कक्षसमेत ‘एसी’ र ‘भेन्टिलेटर’ का उपकरण थप गर्ने तयारी भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रममा खर्च हुन बाँकी रहेको रु ३० लाख बजेट धौलागिरि गाउँपालिकाले अस्पतालमा उपकरण थप गर्न सहमति दिएकाले आवश्यक प्रक्रिया अगाडि बढाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस