म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पालिकास्तरीय अस्पताल बनाउने ठाउँको टुङ्गो लगाएको छ । गाउँपालिकाको कार्यालय रहेको मुनामा मङ्गलबार सम्पन्न गाउँसभाले वडा नं ७ को ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने सर्वसम्मत निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले अस्पताल बनाउने ठाउँको टुङ्गो लगाइनुका साथै यसअघि छरिएर राखिएका शाखा कार्यालय एकै ठाउँबाट सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
वडा नं ३ को सातमुलेमा गाउँपालिकाको स्थायी केन्द्र कायम गरेको विसं २०७४ साउन २५ गतेको गाउँसभाले अन्य विषयगत शाखा कार्यालय वडा नं ७ र ३ बाट सञ्चालन गर्ने तथा वडा नं ७ मा पर्ने धारापानीमा १५ शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो । “तीन वर्षअघिको निर्णय संशोधन भएपछि ताकममा अस्पताल बनाउने र शाखा कार्यालय गाउँपालिका रहेकै ठाउँबाट सञ्चालन गर्ने कानूनी बाटो खुलेको छ”, अध्यक्ष पुनले भने, “यसअघि अस्पताल बनाउने निर्णय भएको धारापानीमा स्वास्थ्यचौकी बनाउने र साविक ताकम गाविसको १ र २ नं वडामा पर्ने धारापानीलाई छुट्टै वडा कायम गर्न प्रक्रिया अघि बढाउने निर्णयसमेत भएको छ ।”
शाखा कार्यालय एकै ठाउँमा नहुँदा र छरिँदा नागरिकलाई सेवा प्राप्त गर्न सास्ती, झन्झट र दुःख भएको भन्दै गाउँसभामा कार्यालय एकीकृत गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । वडा नं १ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्याल प्रस्तावक रहनुभएको उक्त प्रस्तावमा गाउँसभाका ३७ मध्ये २२ जनाले पक्षमा मतदान गरेपछि बहुमतको आधारमा पारित भएको हो ।
सभाको निर्णयसँगै हाल ताकमबाट सञ्चालित स्वास्थ्य, कृषि र पशु सेवा तथा शिवाङमा राखिएको शिक्षा शाखा हाल गाउँपालिकाको अस्थायी कार्यालय रहेको मुनाबाटै सञ्चालन हुने भएका छन् । स्थायी केन्द्र कायम गर्ने क्रममा गाउँसभाले धारापानीमा १५ शय्याको अस्पताल बनाउने निर्णय गरे पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ताकममा अस्पताल बनाउने ठाउँ छनोट गरेपछि विवाद उत्पन्न भएको थियो ।
ठाउँको विवादले मङ्सिर १५ गतेलाई तय गरिएको अस्पताल शिलान्यास गर्ने कार्यक्रम रोकिएपछि सेवा केन्द्र एकीकृत र ताकममा अस्पताल बनाउने विषयमा सर्वपक्षीय बैठकको सुझावका आधारमा गाउँसभा बोलाइएको थियो । सर्वोच्च अदालतमा विचाराधीन रहेको गाउँपालिकाको स्थायी केन्द्रको विवादलाई थाँती राखेर नागरिकलाई एकै ठाउँबाट सहज हिसाबले सेवा उपलब्ध गराउन शाखा कार्यालय एकीकृत र अस्पताल बनाउने ठाउँ छनोट गरिएको अध्यक्ष पुनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस